Home / Feature Breaking news / घोराही महोत्सवमा ज्योतीको ‘धुम’

घोराही महोत्सवमा ज्योतीको ‘धुम’

दाङ,१५ माघ । घोराहीमा जारी पर्यटन प्रवर्धन तथा कृषि औद्योगिक महोत्सवको छैठौँ दिन वुधवार ज्योती मगरको प्रस्तुतीमा दर्शकहरु झुमे । अघिल्ला दिन भन्दा उल्लेख्य रुपमा दर्शकहरुको सहभागीता रहेको महोत्सवमा वुधवार ज्योतीले छमछमी नचाएकी थिईन् ।

ढाडे बिरालो , जिम्मल बाउको छोरी लगाएका गीतहरु गायकी ज्योतीको प्रस्तुतीमा युवा पुस्ता अँझ बेस्सरी झुमेका थिए । यसैगरि ज्योतीको दाहोरीले दर्शकहलाई उत्तिकै तताएको थियो । लोकदोहोरी गायक चन्द्र शर्मासंग दोहोरीमा भिडेकी ज्योतीले आफ्नी आमालाई स्टेजमै नचाएकी थिईन् । यसैगरि गायक देवेन्द्र बस्नेतले पनि बुधवार महोत्सवमा आफ्नो प्रस्तुती राखेका थिए । चिल बस्यो टुपैमा, कान्छीको जवानी लगाएका गीत गाएका बस्नेतको प्रस्तुतीमा पनि दर्शकहरु नाचेका थिए । यसैगरि डान्सर अनामिकाको प्रस्तुती पनि दर्शकहरुको मनोरन्जनका लागि दमदार मसला बनेको थियो ।

पछिल्ला दिनमा दर्शकहरुको उल्लेख्य सहभागीता बढ्दै गएको र यसले आयोजकहरुलाई थप उत्साहित बनाएको महोत्सव आयोजक चेम्वर अफ कमर्श दाङले जनाएको छ । यसैगरि विहिवार लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती रहने छ । यसैगरि चर्चित मोडल अञ्जली अधिकारीको पनि प्रस्तुती रहने जनाईएको छ । यसैगरि कमल नारायणी, ढाकाराम पौडेलको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । यसैगरि लोकदोहोरी प्रतियोगीता समेत सञ्चालन हुने छ । माघ १० देखि सुरु भएको महोत्सव माघ २२ गते सम्म चल्ने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*