दाङ, ८ मंसीर
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंसीर १४ गते हुने उपनिर्वाचनजमा नेपाली कांग्रेसले निर्वाचन जितेमा नेकपालाई फाईदा हुने बताएका छन् ।
नेपाली कांग्रेसको चुनावी सभालाई शनिवार दाङको शाीनत्नगरमा सम्बोधन गर्दै शर्माले यो उपनिर्वाचनमा नेपाली कांग्रेसले जितेमा सरकार परिवर्तन नभएपनि सरकारकोका शैली परिवर्तन हुने बताउनुभयो ।
नेकपा अहिले एजेण्डा बिहीन भएर चुनावी मैदानमा रहेको उहाँको भनाई छ । बृद्धभत्तालाई नै मुख्य चुनावी एजेण्डा बनाएर नेकपा यो निर्वाचनमा लागेको उहाँको आरोप छ ।
‘नेकपालाई सोध्नुस् एजेण्डा के हुन् भनेर उहाँहरु भन्नुहुन्छ १ नम्बरमा पनि बृद्धभत्ता, दुई नम्बरमा पनि बृद्ध भत्ता, तीन नम्बरमा पनि बृद्धभत्ता’ उनले भने ।
भिडियो हेर्न क्लीक गर्नुहोस्ः