Home / Feature Breaking news / दाङमा एक जना मृत फेला, अनुसन्धानका लागि दुई जना पक्राउ

दाङमा एक जना मृत फेला, अनुसन्धानका लागि दुई जना पक्राउ

तुलसीपुर,९ कार्तिक । दाङमा एक जना मृत फेला परेका छन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी गोपाल घिमिरे मृत फेला परेका छन् ।

उनी शुक्रबार राति घरबाट निस्किएको र शनिबार दिउसो १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका १७ स्थित सहिद स्मृति स्कुल नजिक मृत भेटिएका थिए ।

उक्त घटनाको अनुसन्धानकोलागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । तर पक्राउ परेकालाई प्रहरीले खुलाएको भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*