Home / Feature Breaking news / विकास निर्माण काम गुणस्तरिय गरः कांग्रेस

विकास निर्माण काम गुणस्तरिय गरः कांग्रेस

घोराही, २० असार
घोराही उपमहानगरपालिकाको गुणस्तरहिन कामको विरोध गर्दै नेपाली कांग्रेसले ज्ञापनपत्र बुझाएको छ ।

घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेका विकास निर्माणका योजनाहर गुणस्तरहिन भईरहेको भन्दै यसलाई सच्याउन अनुरोध गर्दै घोराही उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । क्षेत्रीय सभापति एवं उपमहानगरपालिकाका मेयरका प्रत्यासी भुपबहादुर डाँगीको नेतृत्वमा उपमहानगरपालिका पुगेको टोलीले कार्यवाहक प्रमुख सीता सिग्देल न्यौपानेलाई ज्ञापनपत्र बुझाएको थियो ।

‘घोराही उपमहानगरपालिकाद्वारा सञ्चालीत विकास निर्माणका आयोजना÷कार्यहरु गुणस्तरिय नभएको व्यापक गुनासो नगरबासीहरुबाट आईरहेको छ । यस विषयमा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–३ को गम्भीर ध्यानाकर्षण भएको छ ।’ ज्ञापनपत्रमा भनिएको छ– ‘विकासका कार्यहरु दीगो एवं गुणस्तरिय हुनुपर्नेमा सो अनुसार नभई गुणस्तरहिन भईरहेकाले त्यस्ता कार्यहरु तत्काल रोकेर गुणस्तरयुक्त कार्य गर्न आग्रह गर्दछौ ।’

ज्ञापनपत्र बुझाउदै डाँगीले उपमहानगरपालिकाबाट यस आर्थिक वर्षमा भईरहेका विकास निर्माणका कामहरुको नेपाली कांग्रेसले अनुगमन गर्ने पनि बताए । ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रमुख न्यौपानेले नगरबासीहरुको गुनासोलाई सम्बोधन गर्ने बताईन् ।

यस्तै नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले जिल्ला प्रशासन कार्यालयमा पनि ज्ञापनपत्र बुझाएको छ । उपमहानगरपालिकाले गुणस्तरहिन काम गरिरहेको जानकारी गराउदै दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिरका िगोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले यस विषयमा उपमहानगरपालिकासँग समन्वय गरेर वास्तविकता बुझी सोही अनुसार अगाडी बढ्ने बताउनुभयो ।

घोराही उपमहानगरपालिकाले गुणस्तरहिन काम गरिरहेको भन्दै केही दिन अगाडी घोराहीमा बृहत विरोध पर्दशन गरेको थियो ।

घोराहीको रिसलिङको काम र उपमहानगरपालिका ९ खैरा कोठरी सडकको काममा लापरबाही गरेर गुणस्तरहिन काम भएको कांग्रेसको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*