तुलसीपुर,२७ वैशाख । नेपाली कांग्रेसको जनजागरण कार्यक्रमलाई भव्य र सफल वनाउन सक्रिय सहभागिताका लागी कांग्रेस क्षेत्र नम्वर ४ ले सवै नेता कार्यकर्तामा अपिल गरेको छ । कांग्रेस दाङ क्षेत्र नम्वर ४ का सभापति जगत वहादुर खड्काको सभापतित्वमा आज पार्टी कार्यालय तुलसीपुरमा बसेको क्षेत्रिय कार्यसमितिको वैठकले आगामी जेठ ६ गतेदेखि १० गतेसम्म क्षेत्र नम्वर ४ अन्तर्गत विभिन्न ठांँउमा हुने जनजागरण कार्यक्रममा उपश्थितिका लागी पार्टिका नेता, कार्यकर्ता, भात्री भगिनी संघ संस्था, शुभेच्छुक संघसंस्था, उद्योगी व्यवसायी, प्राध्यापक, वकील, पत्रकार लगायत सम्पुर्ण प्रजातन्त्रवादीहरुमा उपस्थीति लागी आह्वान गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि मोहन वहादुर वस्नेतको उपस्थीति हुने जनजागरण अभियानको तालिका अनुशार जेठ ६ गते विहान ७ वजे साविक मानपुरको पुरानो गाविस भवनमा, सोही दिन दिउसो २ वजे साविक विजौरी गाविसको पुरानो गाविस भवनमा, ७ गते विहान ७ वजे तुलसीपुर वडा नम्वर ५ र ६ को कालिका मन्दिर तुलसीपुरमामा हुने भएको छ ।
सोही दिन दिउसो २ वजे साविक डुरुवा गाविसको कोटियाडाडामा, ८ गते विहान ७ वजे साविक फुलवारी गाविसको बगैचामा, सोही दिन दिउसो २ वजे साविक उरहरी र टगिगांउ गाविसको गौरीगांउ चौरमा, ९ गते विहान ११ वजे तुलसीपुर ४, ७ र साविक १ नम्वर वडाको गणेशपुर पार्कमा र १० गते क्षेत्र नम्वर ४ को पार्टि कार्यालय तुलसीपुरमा जनजागरण कार्यक्रम हुने क्षेत्रिय सचिव खिम वहादुर वलीले जानकारी दिनुभयो ।
साथै वैठकले नेपाली कांग्रेस क्षेत्र नम्वर ४ का कोषाध्यक्ष पुष्प गिरीकी ममतामयी आमा तुलसीपुर १२ निवासी द्रोण कुमारी गिरी, ट्रेड युनियन कांग्रेस दाङका संस्थापक सभापति ऋषीराज आचार्यकी ममतामयी ामा तुलसीपुर १६ निवासी डम्वीका देवी आचार्य, साविक शान्तिनगर गाविसका पार्टि सभापति वुद्धिराम तिवारीकी ममतामयी आमा र नेपाली कांग्रेसका सक्रिय सदस्य हुर्मत डांगीकी ममतामयी आमाको निधनप्रति दुख प्रकट गर्दै शोकसन्तव्द परिवार तथा आफन्तजनहरुमा समवेदना प्रकट गर्न शोक प्रस्ताव पारित गरिएको वैठकपछि क्षेत्रिय सचिव खिम वहादुर वलीले जानकारी दिनुभएको छ ।
RaptiSandesh RaptiSandesh