Home / Feature Breaking news / सटपुटमा चन्द्रकलाले बनाइन नयाँ रेकर्ड

सटपुटमा चन्द्रकलाले बनाइन नयाँ रेकर्ड

लक्ष्मण बस्नेत

दाङ, ५ वैशाख । दाङको बेलझुण्डीमा बिहिवार देखि आठौं राष्ट्रिय खेलकूद अन्तर्गत एथ्लेटिक्सका इभेन्टहरु शुरु भएका छन् ।
बेलझुण्डी रंगशालाको सेन्थेटिक ट्रयाकमा शुरु भएको एथ्लेटिक्स अन्तर्गत एक सय मिटर महिला र पुरुष, दश हजार मिटर महिला पुरुष र सटपुटका इभेन्ट सकिएका छन् ।

१ सय मिटर दौडमा महिला तर्फ नेपाल आर्मीको सरस्वती चौधरीले स्वर्ण पदक जितेकी छिन् ।
उनले १२ दशमल १९ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यसैगरी प्रदेश पाँचकी जयरानी चौधरीले १२ दशमलव १९ सेकण्डका साथ रजत पदक जित्दा आर्मीकै कृष्णा चौधरी १२ दशमलव ५२ सेकेण्डका साथ कास्य पदक जित्न सफल भइन् ।

यसैगरी एक सय मिटर पुरुष दौडमा विभागीय क्लब एपीएफका आशिष चौधरीले स्वर्ण पदक जिते । ११ सेकण्डमा दूरी पुरा गरे । कर्णाली प्रदेशबाट प्रतिस्पर्धा गरेका यमसाजन सुनार ११ दशमलब १० सेकेण्डका साथ रजत पदक जित्दा आर्मीका आनन्द देव चौधरी ११ दशमलब १५ सेकेण्डका साथ कास्य पदक हात पार्न सफल भए ।
१० हजार मिटर महिला प्रतिस्पर्धामा नेपाल आर्मीकी विश्वरुपा बुढाले स्वर्ण पदक जित्न सफल भइन् ।

दोस्रो स्थानमा रहेकी नेपाल पुलिसकी राजपुरा पँछाईसँग समय भने समान रहेको थियो । पहिलो र दोस्रो स्थानमा रहने विश्वरुपा र राजपुराले ३७ मिनेट ३० दशमलब ९ सेकेण्ड रहेको थियो ।
यस्तै प्रदेश तीन की सन्तोषी श्रेष्ठ ३७ मिनेट ५० दशमलब ६ सेकेण्डका साथ कास्य पदक जितिन् ।

१० हजार मिटर पुरुष दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् । उनले ३१ मिनेट ०३ दशमलब १ सेकेण्डमा दूरी पुरा गरेका छन् । गण्डकी प्रदेशका अनिष थापाले ३१ मिनेट ९ दशमलब ८ सेकेण्डका साथ रजत पदक जित्दा एपीएफका गोपीचन्द्र पार्कीले ३१ मिनेट ५८ दशमलब ३ सेकेण्डका साथ कास्य पदक जिते ।
सटपुट तर्फ पुरुषमा आर्मीका टंकप्रसाद दाहालले स्वर्ण पदक जितेका छन् । उनले १२ मिटर १९ सेन्टिमिटरका साथ स्वर्ण पदक जित्दा १२ मिटर ०४ सेन्टिमिटरका साथ नेपाल पुलिसका पुष्कल शर्माले रजत पदक जिते । यसैगरी आर्मीकै चित्रबहादुर वलीले ११ मिटर ८५ सेन्टिमिटरका साथ कास्य पदक जितेका छन् ।
त्यस्तै महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितिन् । उनले नयाँ रेकर्ड राखेकी छिन् । उनले १२।०४ मिटरका साथ उनले स्वर्ण पदक जित्दा नयाँ रकेर्ड बनाइन् । उनले आफनै पुरानो रेकर्ड ११ मिटर ५६ सेन्टिमिटरको रेकर्ड ब्रेक गरेकी हुन् ।

यसैगरी प्रदेश पाँचकी संगीता अधिकारी १० मिटर १५ सेन्टिमिटरका साथ रजत पदक जित्दा नेपाल पुलिसकी बसन्ती चौधरीले १० मिटर ०५ सेन्टिमिटरका साथ कास्य पदक जितिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*