Home / Feature Breaking news / आर्थिक अभावमा बराहक्षेत्र माध्यामिक विद्यालय

आर्थिक अभावमा बराहक्षेत्र माध्यामिक विद्यालय

दाङ । कुनै समय जिल्लामा अव्वल सामुदायिक विद्यालयको रुपमा रहेको बाराहक्षेत्र माध्यामिक विद्यालय अहिले आर्थिक अभावमा गुर्जिरहेको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ सेवारवनगाउँमा रहेको विद्यालयको कुनै आम्दानीको श्रोत नहुदाँ भौतिक संरचनाहरु जीर्ण बन्दै गएपछि पढनपाठनमा समेत समस्या भएको विद्यालयले जनाएको छ । विद्यालय निर्माण भएको लामो समयसम्म मर्मत नहुदा पुराना भवनका भित्ताहरु चर्किका छन,जस्तापाता खियाँ लागेका छन भने कतिपय कोठमा भm्याल ढोका पल्लाहरु समेत खसेका छन ।

आर्थिक अभावका कारण बालशिक्षादेखि कक्षा दशसम्म पढाई हुने भएपनि विद्यार्थीहरुलाई राखेर पढाउने भनव जीर्ण हुदाँ पढाईमा समस्या हुने गरेको विद्यालयले जनाएको छ । विद्यालयको आम्दानीको श्रोत नभएपछि विद्यार्थीहरु जीर्ण भवनमा बसेर अध्ययन गर्दै आएको विद्यालयकी प्रधानाध्यापक बाल्मी केसीले बताइन । उनका अुनसार विगतमा विद्यालयको भौतिक तथा शैक्षिक विकासको लागि नेतादेखि स्थानीयतहले सहयोग गर्ने बचन दिएपनि अझैसम्म प्राप्त नगरेको विद्यालयले जनाएको छ । ‘विद्यालयको पुरानो भवन जीण बन्दै गएपछि विद्यार्थीहरुलाई पढाउन समस्या भएको छ’,विद्यालयकी प्रअ केसीले भनिन्,‘ नयाँ भवन निर्माणका लागि विद्यालयको आफनै आम्दानीको श्रोत छैन,सरकारले पनि सहयोग गर्दैन ।’ कुनै समय पढाईसँगै खेलकुद,सास्कृतिक कार्यक्रमलगायतमा जिल्लाको नेतृत्व गर्ने विद्यालय पछिल्लो समय जीर्ण अवस्थामा पुगेको उनको भनाई छ ।

२०१७ सालमा स्थापना भएको विद्यालयमा अहिले अङग्रेजी र नेपाली गरि दुवै माध्यमवाट पढाई सञ्चालन हुदै आएको छ । विद्यालयकी प्रअ केसीका अनुसार गतबर्षदेखि विद्यालयले नर्सरीदेखि ६कक्षासम्म अंग्रेजी माध्यममा समेत पढाई सञ्चालन गर्दै आएको छ । अहिले नेपाली र अंग्रेजी माध्यममा गरि विद्यालयमा पाँच सय २८ जना विद्यार्थीहरु रहेका छन । विद्यालयमा अध्ययनरत अधिकांस विद्यार्थीहरुले दलित, जनजातिलगायतका निम्न बर्र्गीय विद्यार्थीहरु रहेका विद्यालयले जनाएको छ । ‘आर्थिक रुपमा सम्पन्न परिवारका विद्यार्थीहरु अध्ययनका लागि घोराही जाने गर्दछन’,उनले भनिन्,‘विद्यालयमा आर्थिक रुपमा कमजोर वर्गका मानिसका छोराछोरीहरुले पढ्ने गरेका छन ।’ उनका अनुसार बाराहक्षेत्र माध्यामिक विद्यालयमा सेवार,वनगाउँ, लेटारजनकपुर, मौलाकोट,कलमघारी,मंलेरी,लापे, बुढाकोटलगायतका गाउँका बालबालिकाहरुले अध्ययन गर्दै आएका छन ।
विद्यालयकी प्रअ केसीका अनुसार विद्यालय व्यवस्थापना समितिको निर्वाचनमा आफनो मान्छेलाई ल्याउन राजनीति हुने गरेपछि विद्यालयको विकासमा ती नेताहरुले पहल नगरेको बताउछिन । ‘राजनीतिक स्वार्थका कारण विद्यालय व्यवस्थापन समिति दुई बर्षसम्म बन्न सकेको थिएन’,उनले भनिन्,‘लामो सर्घषपछि बनेको विद्यालय व्यवस्थापन समितिले राम्रो काम गर्न सकेन ।’ उनका अनुसार विद्यालयमा स्थायी,अस्थायी र कर्मचारी गरि २८ शिक्षक कर्मचारी रहेका छन । जसमा १२ जना स्थायी शिक्षक,१ जना अस्थायी,४ जना राहत,५ जना निजी श्रोत,एक जना सका,३ जना कर्मचारी र २ जना गाडी स्टाप रहेका छन ।
जीर्ण भवनमा अंग्रेजी शिक्षा
विद्यालयमा विद्यार्थीहरुको सङख्या घट्दै गएपछि विद्यालयले गत शैक्षिक शत्र २०७४÷०७५ बर्षदेखि अग्रेजी शिक्षा सुरुवात गरेको छ । अङग्रेजी शिक्षाप्रतिको आकर्षणका कारण बर्षेनी विद्यार्थी घट्दै गएपछि गतबर्षदेखि विद्यालयले नर्सरीदेखि ५ कक्षासम्म जीर्ण भवनमै अङग्रेजी शिक्षा सुरुवात गरेको विद्यालयकी प्रधानाध्यापक बाल्मी केसी बताउछिन । ‘२०६० मा विद्यालयमा आउँदा एक हजार बढि विद्यार्थीहरु यहाँ अध्ययन गर्थे’,उनले भनिन्,‘प्रशासनिक कमजोरीसँगै अग्रेजी शिक्षाका कारण विद्यार्थीहरु बाहिर अध्ययन गर्न जान थालेपछि विद्यार्थीहरु घट्दै गयो ।’ पछिल्लो अंग्रेजी शिक्षासँगै विद्यालयले विद्यार्थीहरुको सहजताका लागि बस सञ्चालन गरेपछि विद्यालयमा क्रमश विद्यार्थी संङख्या वृद्धि हुदै आएको विद्यालय प्रशासनले जनाएको छ ।
भौतिक सुधार तथा प्राविधिक शिक्षा लागि महायज्ञ
यसैविच विद्यालयकोे भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालनको सहयोगार्थ विद्यालयले श्रीमद्भागवत धनधान्यञ्चल विराट नवाह ज्ञान महायज्ञ सञ्चालन गर्दै छ ।
करिव दुईदेखि पाँच करोडसम्म आर्थिक संकलनको लक्ष्य राखेर यहि माघको ३ गतेदेखि ११ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं.१५ स्थीत कर्मचारी मिलन केन्द्रमा धार्मिक महायज्ञ सञ्चालन हुन थालेको हो । ‘भौतिक रुपमा जीर्ण र आर्थिक रुपमा संकटमा परेको विद्यालयलाई अगाडी बढाउनका लागि धार्मिक महायज्ञ सञ्चालन गर्न थालेका छौ’, श्रीमद्भागवत धनधान्यञ्चल विराट नवाह ज्ञान महायज्ञ मुलआयोजक समिति संयोजक बिमला योगीले भनिन,‘सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारका लागि हुन थालेको कार्यमा सवैको सहयोग आवश्यक रहेको छ ।’ महायज्ञ सञ्चालनको दिनहरु नजिकिदै गर्दा मुलआयोजक समिति तथा विद्यालयका तर्फवाट प्रचार–प्रसारलगायतका कार्यलाई व्यापक बनाइएको महायज्ञ मुलआयोजक समितिले जानकारी दिएको छ । महायज्ञवाट संकलित रकमवाट विद्यालयको भौतिक पूर्वाधारमा सुधारसँगै विद्यालयमा प्राविधिक शिक्षा सुरु गर्ने महायज्ञको उद्देश्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*