Home / Feature Breaking news / माहुरी पालेर उद्यमी वनेका विष्णु

माहुरी पालेर उद्यमी वनेका विष्णु

अमरराज आचार्य

दाङ, १९ मंसिर । २०५५ सालमा चितवनबाट माहुरी चरणका लागि दाङ आएका विष्णुराज श्रेष्ठ जिल्लामा सफल माहुरी उद्यमी बनेका छन् । चितवनमा उनका वुवाले पनि माहुरी पालन व्यवसाय गरेका थिए । त्यसपछि एकै स्थनामा वावु छोराले एकै पेशा के गर्नु भनेर दाङ आएका थिए । दाङ आउदा केही माहुरीका गोला लिएर आएका थिए । त्यही व्यवसायलाई निरन्तर दिदै जाँदा अहिले उनी सफल उद्यमी वन्न सफल भएका छन् ।

अहिले उनले १ सय घार माहुरी पालन गदै आएका छन् । मह प्रशोधन केन्द्र स्थापना गरी प्रशोधित मह जिल्ला भित्र तथा वाहिरी जिल्लाहरुमा समेत विक्री गदै आएको श्रेष्ठले बताए । साना तथा मझौला कृषक आयस्तर आयोजनाको सहयोगमा मह प्रशोधन केन्द्र निर्माण गरेको बताए । एक पटकमा १ टन मह प्रशोधन हुने गरेको उनले बताए । उनले शिवशति वि कन्र्सन समेत सञ्चालन गदै आएका छन् ।

उनले मह मात्र नभइ माहुरीका घार निर्माण गरी विक्री गर्ने, माहुरीका गोला विक्री, माहुरीका लागि अन्य सामाग्रीहरु समेत विक्री गर्ने गरेको बताए । चितवनबाट रोजगारका खोज्दै आएका श्रेष्ठले अहिले १० जनालाई रोजगार समेत दिएका छन् । ‘म रोजगारको सिल सिलामा दाङ आएको हु । आजभोली १० जना लाई रोजगार दिएको छु’ श्रेष्ठले भने । उनले आफुलाई दाङ र माहुरी सुपेको समेत बताए ।

माहुरीको लागि उपयुक्त जिल्लाको रुपमा रहेको दाङमा आफु एक उद्यमी वन्न सफल भएको बताए । ‘ माहुरीसंग रमाउन पाउदै खुसी छु’ श्रेष्ठले भने ‘आफनो इच्छा नै माहुरी पालन व्यवसाय हो । यसमै खुसी भएको छु । ’ उनले सवै खर्च कटाएर मासिक ६० हजार वचत गर्ने गरेका छन् ।

दाङमा आएर माहुरी पालन गर्ने उनका वावुले पनि उनलाई सहयोग गरेका थिए । त्यसै जिल्लामा रहेका माहुरी पालन सार्थीहरु तथा सरकारी निकायहरुबाट समेत आफुले सहयोग पाएको उनले बताए ।

२०५५ साल तिर जिल्लामा माहुरी पालन गर्नेहरुको सङख्या निकै कम थियो ।सुरु सुरुमा माहुरी पालन गर्दा विभिन्न समस्याहरु समेत आफुले झेल्नु परेको उनले बताए । ‘द्धन्द्धको समय भएकाले गाउँ गाउँमा माहुरी चरणका लागि जान समेत समस्या थियो । वजार नजिकको क्षेत्रमा माहुरी चराउने तथा मह विक्री गर्नु पर्ने वाध्यता थियो । त्यस समयमा मह खानु पर्छ भन्ने सोचको समेत विकास भएको थिएन । तर आजभोली त्यो सममस्या छैन’ श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*