Home / Feature Breaking news / श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भएन

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भएन

दाङ,२८ बैशाख । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन अबस्था कमजोर रहेको पत्रकारहरुले वताएका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघका संयोजनमा शुक्रवार दाङको घोराहीमा भएको अन्तरक्रियात्मक कार्यक्रमका सहभागीहरुले पत्रकारहरुले श्रम अनुसारको उचित मुल्य पत्रकारले पाउन नसकेको बताए ।

श्रमजीवी पत्रकार ऐनको कुरा उठ्ने गरेपछि सञ्चार माध्यमहरुले पत्रकारहरुलाई ऐनले तोके अनुसारको न्यूनतम पारिश्रमिक समेत दिन नसकेको पत्रकारहरुले गुनासो गरेका थिए । सहभागी पत्रकारहरुले श्रम अनुसारको उचित मुल्य नपाउनका साथै जिल्लाका अधिकांस सञ्चार माध्यमका पत्रकारहरुले बिना नियुक्ति पत्र काम गर्नुपर्ने अवस्था रहेको गुनासो समेत गरे ।

कार्यक्रममा नेपाल पत्रकारका महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको सकारात्मक सुरुवात भएको बताए । सञ्चार माध्यम र पत्रकारहरुका विचमा देखिएका समस्या समाधान गर्नका लागि न्यूनतम पारिश्रमिक निर्धारण समिति बनेको भन्दै उपाध्यक्ष पोख्रेलले पछिल्लो ऐन कार्यान्वयनमा सकारात्मक पहल समेत भएको बताएका थिए ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको लागि आफुहरु निरन्तर लागि परेको बताए । सञ्चार माध्यममा एउटा श्रमजीवी पत्रकारले आफुले मेहनत गरे अनुसारको उचित मुल्य नपाएका लगाएतका पत्रकारिता सम्वन्धी समस्या समाधानकालागि समिति क्रियाशिल रहेको भन्दै अध्यक्ष पराजुलीले ऐन अनुसार उचित मुल्य नपाउने पत्रकारहरुलाई निवेदन दिन समेत आग्रह गरे ।
कार्यक्रममा प्रेस युनियनका केन्दीय उपाध्यक्ष दिपक आचार्यले नेपालमा श्रमजीवी पत्रकारहरुले श्रमको उचित मुल्य पाउन नसकेको बताए ।

सञ्चार माध्यमहरुले पत्रकारहरुलाई काम गराउने तर न्यूनतम पारिश्रमीक दिन समेत कन्जुसाई गर्ने सञ्चार सस्थाहरु रहेको भन्दै आचार्यले त्यस्ता सञ्चार माध्यमहरुलाई कारवार्ही गर्नुपर्ने बताए । आफनो जीवनको उर्जाशिल समय सञ्चार क्षेत्रकै काममा विताउने पत्रकारहरुको उचित मुल्याङकन गर्दै समितिले तोकेको सेवासुविधा लागु गर्न समितिले पहल गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा कार्यक्रम भएको थियो । पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन सचिव भुपेन्द्र वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*