दाङ, ८ मंसीर
दाङमा करेण्ट लागेर २ जनाको मृत्यु भएको छ । जिल्लाको देउखुरीमा गढवा गाँउपालिका १ राङ्सीङ खोलामा टिप्पर सफा गर्ने क्रममा करेन्ट लाग्दा टिप्पर चालक र सहचालकको निधन भएको छ ।
मृत्यु हुनेमा मकवानपुर जिल्लाको गढीगाउँपालिका निवासी चालक २८ बर्षीय चन्द्रकुमार वाईबा र सोही ठाँउ निवासी सहचालक १७ बर्षीय कुमार थिङको निधन भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक प्रमोद क्षत्रीले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रमोदकुमार क्षेत्रीका अनुसार अर्घाखाँची सिमेन्ट उद्योगमा समान छोडेर राङ्सी खोलामा टिप्पर सफा गर्ने क्रममा चालक र सहचालकको निधन भएको हो ।
टिप्पर सफा गर्ने क्रममा टिप्परको पछिल्लो भाग (ट्रली) उठाएपछि विद्युत हाइटेन्सनको करेन्ट प्रबाह भएर करेन्ट लागेको हुन सक्ने प्रहरी प्रमुख क्षेत्रीले जानकारी दिनुभएको छ ।