Home / समाचार / दाङ उवासंघको सदस्यता अभिवृद्धि कार्यक्रममा बैंकहरुले सहयोग गर्ने

दाङ उवासंघको सदस्यता अभिवृद्धि कार्यक्रममा बैंकहरुले सहयोग गर्ने

घोराही, २७ असोज

दाङ उद्योग वाणिज्य संघले सुरु गरेको सदस्यता अभिवृद्धि कार्यक्रमलाई सहयोग गर्ने यस क्षेत्रका बैंकर्सहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

संघले सदस्यता अभिवृद्धि अभियान अन्तरगत घोराही क्षेत्रका बैकका प्रमुखहरुसँगको छलफलका क्रममा उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

संघका अध्यक्ष नारायण भुषालको अध्यक्षतामा भएको कार्यक्रममा बैंकहरुको लगानीलाई सुरक्षीत बनाउने वातावरणकालागी संघले भूमीमा संघले खेल्ने बताईएको थियो ।

कार्यक्रममा संघका निवर्तनमान अध्यक्ष हेमराज बञ्जाडे, ग्लोबल बैंकका बसन्तराज रेग्मी र लक्ष्मी बैकका पदमबहादुर केसी, गुडबिल फाईनान्सका आनन्द पन्थीले भनाई राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*