Home / Feature Breaking news / ब्राउनसुगर सहित दाङमा ४ युवा पक्राउ

ब्राउनसुगर सहित दाङमा ४ युवा पक्राउ

दाङ, ११ भदौ
दाङमा प्रहरीले ब्राउन सुगर सहित ४ युवाहरुलाई पक्राउ गरेको छ । तुलसीपुरमा आगुऔषध ब्राउन सुगर सहित ४ जना युवाहरुलाई पक्राउ गरेको दाङ प्रहरीले बताएको छ । तुलसीपुर उपमहानगरपालिका को बरुवागाउँवाट शनिवार ब्राउन सुगर सहित ४ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका ६ का २० वर्षीय सन्तोष गुरुङ, दंगीशरण गाउपालिका वडानं ५ वस्ने वर्ष २९ को एकानन्द न्यौपाने, सुदिर गुरुङ र सविन केसीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*