Home / समाचार / प्रेम विवशलाई ‘संगीत सम्मान जुरी अवार्ड’

प्रेम विवशलाई ‘संगीत सम्मान जुरी अवार्ड’

दाङ, १३ असार । दोस्रो राष्ट्रिय ब्राण्ड म्यूजिक अवार्ड विविध भाषिक संगीत सम्मान–२०७८ लोक दोहोरीतर्फ ‘गर्मी बढ्यो’ गीतबाट जुरी अवार्ड गायक प्रेम विवश घर्तीले जितेका छन् । ब्राण्डरुट इन्टरटेन्मेन्ट प्रा.ली. काठमाडौंको आयोजनामा असार १२ गते राष्ट्रिय नाचघर जमल काठमाडौंमा भव्यताकासाथ अवार्ड कार्यक्रमा गायक घर्तीले उक्त अवार्ड हात पार्न सफल भएका हुन ।

ब्राण्डरुट इन्टर्टेनमेन्टका कानुनी सल्लाहकार शशी शर्मा मज्गैयाको अध्यक्षता तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलको प्रमुख आतिथ्यता र वरिष्ठ गीतकार सुरेश अधिकारीको विशिस्ट आतिथ्यतामा भएको दोस्रो राष्ट्रिय ब्राण्ड म्यूजिक अवार्डमा राष्ट्रिय गीततर्फ प्रकाश सपुतले अवार्ड जितेका थिए भने लाइफ टाइम अचिभमेन्टबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सस्थापक अध्यक्ष वरिष्ठ गायक अमर विरही गुरुङ सम्मानित भएका थिए ।

डिजिटल प्रविधि सम्मान राजेन्द्र अर्याल,दशकौ स्रस्टा सम्मान करण न्यौपाने सम्मानित भएका थिए । लोक दोहोरी गीत, चलचित्रका गीत,गायक गायिका,म्यूजिक भिडियो,शब्द,सँगीत, मोडल,निर्देशकलगायत विभिन्न ४४ विद्यामा अवार्ड वितरण भएको थियो । गायक घर्तीले यस अघि पनि हाम्रो नेपाल राम्रो नेपाल राष्ट्रिय गीतबाट सुन्दरादेवी म्युजिक अवार्ड–२०७५ प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*