Home / समाचार / आधुनिक गीतिसंग्रह ‘अनमोल’को बिमोचन हुने

आधुनिक गीतिसंग्रह ‘अनमोल’को बिमोचन हुने

दाङ,५ मंसिर । दंगाली सष्टा गीतकार एव गजलकार प्रवल बिष्टद्वारा रचना गरिएको आधुनिक गीतिसंग्रह ‘अनमोल’को बिमोचन हुने भएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा शनिवार घोराहीमा आधुनिक गीतिसंग्रह अनमोलको बिमोचन हुन थालेको हो ।

गजल अभियान दाङका अध्यक्ष समेत रहेका बिष्टद्वारा रचना गरिएको आधुनिक गीतिसंग्रहमा दाङ निवासी विश्वकिर्तीमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । आधुनिक गीतिसंग्रह अनमोलमा बिष्टको एकल रचना र श्रेष्ठको एकल संगीत रहेको छ । बिष्टको यो दोश्रो एकल गीति संग्रह हो । सयुक्त रुपमा अन्य गीतिसंग्रहहरु बजारमा आईसकेका छन् ।

शनिवार दिउँसो १२ : १५ बजे घोराहीको सिटी प्लाजामा हुने कार्यक्रममा आयोजक राप्ती साहित्य परिषदले साहित्यकार,गीतकार,पत्रकारलगायत सम्पूर्ण संगीतप्रेमीहरुलाई आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*