Home / Election / निर्वाचन स्थलमा खटिए कर्मचारी

निर्वाचन स्थलमा खटिए कर्मचारी

दाङ, १२ मंसिर । मंसिर १४ गते हुन थालेको उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री लिएर कर्मचारीहरु मतदान स्थलमा खटिएका छन । उनीहरुलाई निर्वाचनका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेर जिल्ला निर्वाचन कार्यालयले मतदान स्थल पठाएको हो ।

निर्वाचनको तयारीका लागि आवश्यक सामग्री लिएपछि कर्मचारी तथा सुरक्षाकर्मीहरु निर्वाचन स्थल पुगेका छन । कर्मचारी तथा सुरक्षाकर्मीलाई मतपेटी, मतपत्र, आवश्यक पर्ने अन्य सामग्री दिएर मतदान स्थल पठाएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँुवरले जानकारी दिएका छन । ‘हामीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री दिएर कर्मचारीहरुलाई मतदान स्थलमा पठाएका छौँ’,सूचना अधिकारी कुँवरले भने,‘कतिपय स्थलमा कर्मचारी र सुरक्षाकर्मीहरु पुगिसक्नुभएको छ, भने टाढाका स्थलमा आज पुग्नुहुन्छ ।’ निर्वाचनका लागि चार सय १० जना कर्मचारी र तीन सय २६ जना स्वयसेवक गरि सात सय ३६ जना कर्मचारीहरु निर्वाचनका लागि खटिएका छन ।

त्यस्तै निर्वाचनका लागि दुई हजार बढि सुरक्षाकर्मीहरु परिचान गरिएको । जिल्ला सुरक्षा समितिका अनुसार सुरक्षा संवेदनशीलताका आधारमा प्रहरी परिचालन गरिएको छ । ‘नियमित चेकजाचसँगै अस्थायी क्याम्प स्थापना गरिसकेको छ’,जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने,‘निर्वाचनलाई स्वच्छ,भयरहित बनाउनकालागि सुरक्षामा कुनै कमी हुने छैन ।’ उनका अनुसार जिल्लामा ६ वटा मतदान स्थल अतिसंवेदनशील, २६ वटा मतदान स्थल संवेदनशील र २ वटा मतदान स्थल सामान्य रहेका छन । सुरक्षा संवेदनशीलताका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै नेपाली सेनालाई समेत सुरक्षाका लागि परिचालन गरिएको छ ।

मतदान स्थल पुगेका कर्मचारीहरुले मतदान स्थललाई शील गर्ने, मदिरा निषेधित क्षेत्र तथा होहल्ला निषेधित क्षेत्र तोकिएको सूचना प्रकाशन गर्नेलगायतका काम गर्नेछन ।
दाङमा उपनिर्वाचनका ३४ मतदान स्थल र ८२ वटा मतदान केन्द्र रहेका छन् । प्रत्यक मतदान केन्द्रमा ५ जना कर्मचारी र स्वय सेवक रहने भएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा २ स्थानमा उपनिर्वाचन हुँदै छ । प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नं. ३ (ख) मा उप निर्वाचन हँुदै छ भने घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडाअध्यक्ष पदका लागि निर्वाचन हुन थालेको छ । मंसिर १४ गते हुने निर्वाचनमा ७३ हजार १ सय ७२ जना मतदाता रहेका छन् । जसमा महिला ३७ हजार ३ सय ५ जना र पुरुष ३५ हजार ८ सय ६६ तथा १ जना तेस्रो लिङगी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी कुँवरले जानकारी दिएका छन ।

घोराही उपमहानगरपालिका वडा नंं. १६ मा ४ हजार ४ सय ५३ जना मतदाता रहेको छन् । महिला २ हजार ३ सय ६५ जना र पुरुष २ हजार ८८ जना रहेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १,२, १०, ११ मा १६ हजार ७१ जना रहेका छन् । जसमा महिला ८ हजार १ सय ६५ जना र पुरुष ७ हजार ९ सय ५ जना रहेका छन् । दंगीशरण गाऊपालिकामा १५ हजार ६ सय ९६ जना मतदाता रहेका छन् । जस्मा महिला ७ हजार ९ सय ८१ जना र पुरुष ७ हजार ७ सय १५ जना रहेका छन् । बबई गाउँपालिकामा १८ हजार ८ सय ४९ जना मतदाता रहेका छन् । जसमा महिला ९ हजार ५ सय ११ र पुरुष ९ हजार ३ सय ३८ जना रहेका छन् । शान्ति नगरगाउँपालिकामा १८ हजार १ सय ३ जना मतदाता रहेका छन् । जसमा महिला ९ हजार २ सय ८३ जना र पुरुष ८ हजार ८ सय २० जना मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*