Home / Feature Breaking news / डेढ लाख बढि आखाँका बिरामीलाई नयाँ दृष्टि

डेढ लाख बढि आखाँका बिरामीलाई नयाँ दृष्टि

दाङ,२३ भदौ । नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित अस्पताल तथा उपचार केन्द्रबाट डेढ लाख बढिले आखाँको नयाँ दृष्टि प्राप्त गरेका छन । नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल र यसअन्तर्गत सञ्चालित उपचार केन्द्रहरुबाट डेढ लाख बढि एक लाख ६६ हजार सात सय २ जना बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरि नयाँ दृष्टि प्रदान गरेको अस्पतालले जनाएको छ ।

नेपाल नेत्रज्योति संघ अन्तर्गत दातृ निकाय एनएवीपीको सहयोगमा सञ्चालन भएको आँखा अस्पतालले बिरामीहरुलाई सेवा प्रदान गरेको अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत शम्शेर थापाले जानकारी दिए । जस मध्य ३४ हजार ३२ जनाको निःशुल्क शल्यक्रिया गरिएको बताएको छ । सो अवधिमा दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, आँखा उपचारसम्बन्धी सचेतना तालिम सञ्चालन गर्नुका साथै राप्तीमा रहेको ०.८७ प्रतिशत अन्धोपनलाई घटाएर हाल ०.१३ प्रतिशतमा ल्याउन सफल भएको प्रशासकीय अधिकृत थापाले बताए

त्यसै गरि अस्पतालले २९ बर्षको अवधिमा २५ लाख ४६ हजार १ सय ८७ जनालाई आँखा उपचार सेवा उपलब्ध गराएको छ । जस मध्य तीन वटा आँखा अस्पतालबाट १७ लाख ४३ हजार ५ सय ४ जनालाई उपचार सेवा उपलव्ध गराएको हो । त्यस्तै विभिन्न दुर्गम स्थान र विद्यालयमा आँखा जाँच कार्यक्रम आयोजना गरि ३ लाख ८३ हजार १ सय २३ जना र आँखा उपचार केन्द्रबाट ४ लाख १९ हजार ५ सय ६० जनालाई आँखा उपचार सेवा दिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत थापाले जानकारी दिएका छन ।

हाल एनएवीपीको आमसीक सहयोगमा राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल , छन्द् कालेवावु नारायणी आँखा अस्पताल बहादुरगञ्ज र घोराही , रुकुम, रोल्पा, सल्यानमा उपचार केन्द्रबाट सेवा प्रदान गदै आएको अस्प्तालले छ । अस्पतालमा स्वदेशसँगै छिमेकी देशभारतबाट समेत बिरामीहरु आउने गरेका छन । तीनवटै अस्पतालको गुरुयोजनाबमोजिम भौतिक पूर्वाधारको विकास गर्ने, अस्पताललाई ‘टर्सरी वि लेबल’ का रुपमा स्तरवृद्धि गर्ने, सन् २०२४ सम्ममा आत्मनिर्भर बनाउने योजनासाथ अगाडि बढेको नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी बताए ।

दातृनिकाय संस्थाको चाहना बमोजिम आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जलाई आत्मनिर्भर गराउने र केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारसमक्ष दीर्घकालिन योजनाका लागि पैरवी कार्यक्रमलाई जोड दिइएको उनले बताए । ‘लामो समयसम्म सहयोग गरेको दातृनिकाय एनएवीपी नर्वेको चाहना पनि स्थानीय स्तरबाट पनि केहि अस्पताललाई सहयोग मिलोस भन्नेछ’,अध्यक्ष गिरीले भने,‘ सोहि अनुरुप हामीहरुले पनि पैरवी कार्यक्रमलाई जोड दिएका छौं, जसबाट हामी आत्मनिर्भर बन्न सिकौ भन्ने हो ।’ अस्पतालले पछिल्लो समयमा स्थानीय तहहरुसंग निःशुल्क मोतियाविन्दुको शल्यक्रिया साझेदारी कार्यक्रम सञ्चालन गरी पैसाको अभावका कारण उपचार सेवाबाट बन्चित बिरामीहरुको उपचारमा सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*