Home / Feature Breaking news / जिल्ला भुमि अधिकार मञ्चको अध्यक्षमा दमाई

जिल्ला भुमि अधिकार मञ्चको अध्यक्षमा दमाई

दाङ,१६ फागुन । जिल्ला भुमि अधिकार मञ्च दाङको अध्यक्षमा देउमान दमाई चयन भएका छन । मञ्चको विहिवार घोराहीमा भएको पाँचौ अधिवेशनले दमाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सिर्जना चौधरी, सचिवमा खिम डिसी,सहसचिवमा शान्ति चौधरी, कोषाध्यक्षमा अनिता चौधरी चयन भएका छन ।

अधिवेशनले मञ्चको सदस्यहरुमा नोखराज भण्डारी, सुष्मा चौधरी, पर्शाराम भण्डारी, दुःखराम सार्की, तुलसीकुमार चौधरी, आशाराम राना, कुलबहादुर चौधरी, खेमकुमार विक,सुन्तली चौधरी र देउप्रसाद चौधरीलाई चयन गरेको छ । मञ्चका कार्यवाहक अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रजीत चौधरी, अमरबहादुर डागी, भुमि अधिकार मञ्च नेपालका केन्द्रीय सदस्य मेघबहादुर रावत, भुमि अधिकार मञ्च नेपालकी प्रदेश नं. ५ का संयोजक प्रेमा शाह, नेकपाका प्रदेश सदस्य तथा सुकुम्वासी समस्या समाधान समितिका पूर्व अध्यक्ष टिकाराम खड्का, नेपाली काग्रेसका क्षेत्रीय सदस्य रेखबहादुर वली, नेकपा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष केएल भण्डारीलगायतले बोलेका थिए ।

त्यस्तै जिल्ला भुमिअधिकार मञ्चका पूर्व अध्यक्षहरु निर्मला विक, लिला विक, स्वर्गद्धारी गुठि संघर्ष समितिका संयोजक प्रभु चौधरी, जिल्ला भुमि अधिकार मञ्चका जिल्ला सदस्य दुःखराम सार्की, घोराही नगर भुमि अधिकार मञ्चका अध्यक्ष देउमन दमाई, भुमिहिन किसानहरु कुलबहादुर चौधरी,पर्शाराम विकलगायतले भुमिहिन किसानका समस्या समाधान गर्नका लागि सरकारलाई गम्भीर भएर लाग्न आग्रह गरेका थिए । रचना कुमालको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण भुमि अधिकार मञ्च नगर समितिका सचिव खिमबहादुर डागीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*