Home / Feature Breaking news / कथाः अस्ताउँदाको दिन

कथाः अस्ताउँदाको दिन

yam

यम रेग्मी

गहिरो इनारजस्ता उनका दुबै आँखामा आँसु भरिएर आए । एक पटक छोराको मुख पुलुक्क हेरे । खै के के सोचे कुन्नि । खडेरीमा धानको ब्याड चिराचिरा परेझैँ मुजा परेर चिराचिरा परेका उनका गालाबाट आँसुका धारा तर्तर खसे । दुई हातले टाउको अड्डाएर घोप्टो परिरहे ।

‘सर हजुरहरूलाई के के ल्याऊ ?’ मिनु दिएको दश मिनेट पछि एक नं. टेबुलको अगाडि वयटर उभियो र उसले हातमा कागतको टुक्रा र डट्पेन समाउँदै बोल्यो । प्रभातले असल विद्यार्थीझैँ परीक्षाको प्रश्नपत्र एक एक गरेर हेरेझैँ घोरिएर होटलको मिनु हे¥यो । उसले बाया हातले कछाडिको कपाल कनायो । दाया हातले दाह्रीको चिउदो समाउदै बोल्यो, ‘दुई पिलेट सेकुवा,दुई पिलेट भुटुवा, एउटा वियर र एक एक एक प्याक रम, एक पिलेट सलाद, ……।’

वयटर प्रभातले अडर गरेका सबै समानहरू टिप्यो । उसले प्रभातको अनुहारमा पुलुक्क हे¥यो र विनम्र भएर अगाडि झुक्दै बोल्यो, ‘अरु केही टिपौ कि सर ?’ प्रभातले होटलको मिनुलाई बन्द गरेर पर सार्दै बोल्यो, ‘अहिलेलाई यत्ति भए पुग्यो । बाँकी पछि थपौला । बरु छियो ल्याऊ है भाई । रात पर्न लागिसक्यो । ऐपछि भन्दा आज हामीलाई धेरै हतार छ ।’

उसले डट्पेनको बिर्को लगाउदै मुसुक्क हासेर बोल्यो,‘व. के सर, म जति सक्यो, फास्ट नै तयार पार्न लगाउछु ।’ वयटर हातमा अडर लिएर किचेनतिर के हिडेको थियो । रमेशले ठूलो स्वरमा कराउदै बोल्यो, ‘ए भाइ सुन त ? पहिला दुई ओटा चुरोट नबिसिएर छिटो ल्याऊ है ।’

‘हओस् सर’ उसले दुई ओटा चुरोटको खिल्ली र सलाईको डिब्बो टेबुलको अगाडि राखिदियो । एकै छिनमै सबै उनीहरू मगाएका सबै चिजहरू ल्याइदियो । दुबै रक्सीले मात्तिएर केही बेर पछि होटलबाट निस्किएर घरतिर लागे ।

‘थुक्क ! पापी । मर्न नसकेको । अपिसबाट घरमा आउने बेला यहि हो ? आज पनि रक्सी किलेर आएछ । यता दिनभरी बड्डो मरे र छिरे भन्दै कटुवाले हाक पारेझैँ कराई रहेछ । उता लोग्ने भनाउँदाको यो हालत छ । धारामा पानी नआएर हिजोदेखि कति हैरान छ । छोरा छोरीको पढाई लेखाई सबै बिग्रिसक्यो । फस्ट आउने केटाकेटी पाचौँमा झरिसके । एकछिन पनि उनीहरू केयर गर्न भ्याइएको छैन् । बाउ भनौदोको चाल यस्तो छ ।

मलाई मात्र के को हैरान हो यो । भोलिबाट म पनि केही काम गर्दैन् जा जा जे जे बिते पनि बितोस् । मलाई मात्र के को कर । के मलाई मान खान पर्छ र ? सबैको भुँडीमा त हाल्न पर्छ नि ।’ प्रभा पाग्दै गरेको कराईको तरकारी चलाउदै कराईको तरकारी भन्दा पनि रिसले खुब तातो भएर फट्पटाई ।

प्रभात केही बोलेन । उ थचक्क अपिसको डे«ससितै डाइनिङ टेबुलमा बस्यो । टेबुलमा आधा बोटल पानी थियो । उसले आधा बोटल पानी एक पटक घटघटी पियो । तर पनि उसको मन शान्त भएन । श्रीमति आफ्नै तरिकाले फट्फटाई रही । एक तमासले श्रीमतिको आक्रोष सुनी र¥यो ।

उता रमेशको घरमा पनि उही हालत थियो । रमाको आक्रोष पनि प्रभाको आक्रोष भन्दा केही कमी थिएन । रमेश गेट खोलेर कोठामा पस्यो । उ कोठामा पस्ने बित्तिकै समा पनि पछि पछि कोठामा छिरी । उ तल्लो स्तरमा झरेर ब्यङ्ग्य गर्दै बोली,‘महासयको अपिस बल्ल बन्द भयो ? कसैको नभएको कस्तो अपिस हो ? राती पनि काम धन्दा हुने ? को पात्तरसँग कुन होटलबाट अहिलेसम्म बसेर महासयको सबारी भयो ।

जताबाट आएको हो, उतै आमालाई पनि लगेर गए हुन्छ । मलाई कोही कसैको सहारा चाहिन्न । मेरा छोरा छोरीलाई मैले जसरी पनि पाल्छु । आफ्नो आमालाई लगेर उतै होटलमा बसाले हुन्छ । त्यही बेस्याले पाल्छे । त्यसलाई कमाइ खान हुन्छ भने किन पाल्न नहुने ? पालोस् न उसले पनि । भोलिबाट यो घरमा कि तिम्री आमा छैनिन् । कि म छैन ।’

रमेश स्वास्नीको निर्णय सुनेर झस्कियो । उसले बिनम्र भएर सोध्यो, ‘ के भयो र ? तिमीलाई कसले के भन्यो र ?’

समाले दराजबाट आफ्ना केही जोर लुगा निकाली । लुगा पकडेर कोठाबाट किलियामा निस्कदै बोली, ‘ सोध न तिम्री प्यारी ममतामयी आमालाई ?,उ खाना पनि नखाएर अर्को कोठामा छिरी । भित्रबाट चुकुल लगाई । रमेशले जति सम्झाए पनि उसले ढोका खोलिन ।

त्यस रात प्रभात र रमेश दुबै तनावमा रहे । उनीहरू दुबैलाई रातभरी निद्रा लागेन । दुबैले निकै विचार गरे । रमेश कसरी आफ्नो आमालाई सही तरिकारी घरबाट हटाउन सकिन्न भन्ने कुरामा सोचिर¥यो । प्रभातले पनि आफ्ना बाबुको समाधानको बारेमा सोचिर¥यो ।

प्रभात राती अबेलासम्म ननिदाएकोले बिहान छङग भएसँगै उसको आँखा र कान खुले । उसको कानमा बाबुको चित्कार आवाज प¥यो । बाबुको छट्पटीको आवाजले उसको टाउको दुख्यो । उ रगत खाएको बाघझैँ रिसले फुलिएर बाउ सुत्ने कोठामा छि¥यो । कोठामा उसको बाउ यसरी छट्पटी रहेका थिए ।

‘ऐया ! ऐया ! मरे, मरे, दुख्यो । दुख्यो । हे बा ! हे जेई । खायो । खायो । ऐया ! कान दुख्यो । ऐया ! दाँत दुख्यो । ऐया ! मुटु दुख्यो । दुख्यो । दुख्यो । मरे…. मरे….. मरे….. मलाई अस्पताल लैजा बा । केही हलुयो गरी त यो प्राण जाला । रातभरी दुखेर आँखा भिमिक्क पनि पारेको छैन । खायो । खायो । ’ चौरासी वर्ष नागेका पुण्यप्रसादले ढल्न लागेको धुरी खामोलाई टेकासो दिएर अड्डाएझैँ दुबै हातका दश हौलाले निधारमा टेकासो दिदै आफ्नो शरिरलाई अड्डाए । सानो आशाको त्यान्द्रोले छोराको मुखमा पुलुक्क हेरेर रुन्चे स्वरले बोले ।

बाबुको यस्तो चाला देखेर प्रभात झोक्किदै बोल्यो, ‘चुप लाग्नुहोस् बा । के हो यो रात दिन मरे र छिरे । लाज सर्म नभाको के बड्डो कुन्नि यार यस्तो । मर्ने बेला भएर पनि कति कातर भा हो । दुख्यो भने पनि सहनु पर्छ नि । पीडा कसलाई हुन्न ? कसको शरिर दुख्दैन ? हामी जवानको त कति दुख्छ । अलिअलि दुख्यो भन्दैमा कराई हाल्ने ? हल्ला गरिहाल्ने ? कसले गरेको छैन ओषधि ? हस्पिटलबाट आएको एक हप्ता भएको छैन । कराई मात्र निको हुन्छ र ? एक दुई दिन पछि आफै सन्चो भइहाल्छ नि । बुढो मान्छे भएर पनि कति मरिन्छ कि ? भनेर डरा हो । एकदिन सबै मर्ने त हो नि । रातदिन मरे र छिरे गरेर निको हुन्छ र ?’

छोराको वाण भन्दा पनि तिखा वचनले उनको मन छिया छिया भयो । उनी केही बोलेनन् । गहिरो इनारजस्ता उनका दुबै आँखामा आँसु भरिएर आए । एक पटक छोराको मुख पुलुक्क हेरे । खै के के सोचे कुन्नि । खडेरीमा धानको ब्याड चिराचिरा परेझैँ मुजा परेर चिराचिरा परेका उनका गालाबाट आँसुका धारा तर्तर खसे । दुई हातले टाउको अड्डाएर घोप्टो परिरहे ।

यस घटनाको एक महिना पछि कुरो हो । एका बिहानै घोराहीको एउटा चिया पसलमा सधाकोझैँ धेरै मानिसहरू चिया खान जम्मा भएको थिए । राम्रोसँग उज्यालो पनि भएको थिएन । एक अर्को नजिकबाट मात्र अनुहार चिनिन्थ्यो । एउटाले चियाको गिलास हातमा समाउँदै सबैतिर हेरेर बोल्यो, ‘को को जाने हौ मलामे ? हामीले चिने जानेका पुराना बुढा बुढी पनि सकिए अब त । रमेशेले आमालाई स्वास्नीका कुरा सुनेर वृद्धाश्रमका पठायो । बुढो पाको भन्ने प्रभातेको बाउ थिए एउटा । ती पनि रातीदेखि सदाको लागि विदा भए ।’

बुढा मरेको एक महिना जति भएको हुँदो हो । एकदिन खाना खाएर प्रभात र प्रभा सुत्ने कोठामा छिरे । प्रभा गालामा तीन चार किसिमका नाइट क्रिमहरू दल्न थाली । प्रभात साँझको आठ बजेको समाचार टेलिभिजनमा हेरिहेको थियो । प्रभाले मुख बाङ्गो गराउदै बोली, ‘ हाम्रा बाजे यति छिटो जालान जस्तो लागेकै थिएन मलाई त । साह्रै राम्ररी कसैलाई दुःखै नदिएरै पो गए त ।’

प्रभात मुसुक्क हाँसेर बोल्यो, गएका होइन । चाँडौ पठाएको हो ।’

प्रभाले ठूलो धनरासीको चिट्ठा उपहार परेझैँ खुसी हुदैँ आश्चर्य मान्दै बोली, ‘ कसरी बुडा ? भन्नुहोस् न ? के गरेर बाजेलाई यति छिटो पठाउनुभयो ? म कसैलाई भन्दैन क्या ?’ प्रभा प्रभातको नजिक आएर सुस्तरी बोली ।……..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*