Home / Feature Breaking news / पूर्व राष्ट्रपति यादव दाङमा

पूर्व राष्ट्रपति यादव दाङमा

दाङ । गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादव दाङ आईपुगेका छन । दाङको घोराहीमा रहेको शान्ति सुधा आवासीय माध्यामिक विद्यालयको रजत जयन्तीमा सहभागी हुन पूर्व राष्ट्रपति यादव दाङ आईपुगेका हुन ।

विद्यालयले २५ औँ बर्षमा प्रवेश गरेको अवसरमा भोली पुस २७ गते रजय जयन्ती बार्षिकोत्सव मनाउँदै छ । सोही कार्यक्रममा सहभागी हुन गणतान्त्रीक नेपालका प्रथम राष्ट्रपति नेपा एयरलाइन्सवाट विहिवार तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टमा आईपुगेका छन । एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व राष्ट्रपति यावदले र्व राष्ट्रपति डा. रामवरण यादवले आफु चिकित्सा क्षेत्रमा फर्कने भनि आएका समाचार गलत भएको बताएका छन् ।

काठमाडौंको एक सहकारी अस्पतालको बार्षिक साधारणसभामा आफुले सरकारी अस्पतालमा जान मिल्ने भएपनि आफ्नो उमेरको कारणले जान नसक्ने कुरा बोलेको भएपनि त्यसलाई पत्रकारले ठूलो बनाएर समाचार प्रकाशन गरेको भन्दै असन्तुष्ट ब्यक्त गरे । ‘ मैले नाफामुलक कुनै पनि अस्पतालमा काम गर्न मिल्दैन, तर सरकारी अस्पतालमा काम गर्न मिलेपनि ७७ बर्ष भईसके त्यसैले म क्रियाशिल हुन सक्दिन’उनले भने ।

पूर्व राष्ट्रपति यादवसँगै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ट उपाध्यक्ष बिपुल पोख्रेललगायतका अन्य अतिथिहरु समेत आएको शान्ति सुधा विद्यालयका प्रिन्सिपल बिनयकुमार मिश्रले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*