Home / Feature Breaking news / कांग्रेस संसदीय दल विस्तार,दाङकी चौधरी पनि सदस्यमा

कांग्रेस संसदीय दल विस्तार,दाङकी चौधरी पनि सदस्यमा

काठमाडौं,१८ पुस । नेपाली कांग्रेसका सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय दलको कार्यसमिति विस्तार गरेका छन् । उनले बुधबार कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४० ) को धारा १० को उपधारा २ (ग) बमोजिम दलको कार्यसमिति विस्तार गरेका हुन् ।
विस्तारित समितिमा दाङकी पार्वती डिसी चौधरीसहित सांसदहरु उमेश श्रेष्ठ, डा. डिला संग्रौला पन्त, देवप्रकाश तिमिल्सिनालाई कार्यसमिति सदस्य पदमा मनोनित गरिएको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन् ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पराजित गर्दे देउवा संसदीय दलको नेतामा निर्वाचित भएका थिए । देउवाले कुल खसेको मतमध्ये ४४ मत प्राप्त गरेका थिए भने सिंहले १९ मतमा चित्त बुझाउनु परेको थियो ।

कांग्रेसबाट प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ विजयी २३ जना र समानुपातिक निर्वाचन प्रणालीतर्फका ४० जना प्रतिनिधिसभा सदस्यहरुले मतदान गरेका थिए । दलको नेतामा चयन भएकै दिन देउवाले विजयकुमार गच्छदारलाई दलको उपनेतामा मनोनित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*