Home / समाचार / यशोदा फुड्सको शैक्षिक अभियानःविद्यार्थीलाई छात्रवृति प्रदान

यशोदा फुड्सको शैक्षिक अभियानःविद्यार्थीलाई छात्रवृति प्रदान

दाङ,१७ पुस । यशोदा फुड्स प्रा.लिले दाङ जिल्लाको भालुवाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृति प्रदान गरेको हो ।

यशोदा फुड्स प्रालिले कक्षा ९ मा अध्ययनरत छात्रा फरिदा खातुनलाई नगद पांच हजारसहित करेन्ट चाउचाउ एक पेटी प्रदान गरिएको थियो । साथै उनलाई शिक्षा आर्जनमा मद्धत पु¥याउनका लागि झोला, टि–सर्ट, कपी र कलम एक÷एक थान पुरस्कार प्रदान गरिएको थियो ।

त्यस अवसरमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर केसीले उद्योग व्यवसायवाट पैसा कमाउने मात्र नभई सामाजिक उत्तरदायीत्व अन्तरगत विद्यार्थीलाई छात्रवृति प्रदान गरेर महत्वपुर्ण कार्य गरेको बताएका थिए ।
साथै शैक्षिक अभियानको रुपमा यसरी विभिन्न विद्यालयहरुमा पुगि शैक्षिक क्रियाकलापहरू गर्ने र विद्यार्थीहरुलाइ पोसाक,चाउचाउ खानेलगायतका सामग्री प्रदान गर्ने यशोदा फुड्सलाई धन्यवाद ज्ञापन गरेका थिए ।

त्यस अवसरमा प्रालि बिद्यार्थीहरुको भविष्यप्रति सचेत रहेको र सामाजिक उत्तरदायीत्व अन्तर्गत मेचीदेखि महाकालीसम्म शैक्षिक अभियानका रुपमा यस्ता कार्यक्रमहरु गर्दै आइरहेको यशोदा फुड्सकी जनसम्पर्क अधिकृत सरस्वती बश्यालले जानकारी गराएकी थिइन ।

विद्यालयका प्रधानाध्यापक लोकेन्द्र केसीले विद्यार्थीलाई सहयोग गर्ने कार्यको प्रशंसा गरेका थिए । कार्यक्रममा यशोदा फÞूड्स प्रालिका राप्ती अञ्चल एरिया सेल्स इन्चार्ज नवराज सापकोटा, भालुवांङ क्षेत्रका कम्पनीको अधिकृत विक्रेता श्री तुलसीराम पोख्रेल, कम्पनीका प्रतिनिधि रामजी कुवंर र सृष्टी शाक्यले बिद्यालयलाई मायाको चिनो प्रदान गरेका थिए । बिद्यालयका शिक्षक प्रकाश केसीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण शिक्षक माधवप्रसाद सिंहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*