Home / Feature Breaking news / घोराही–१० वडा कार्यालय नयाँ भवनमा

घोराही–१० वडा कार्यालय नयाँ भवनमा

घोराही, २८ मंसीर

घोराही उपमहानगरपालिका वडा नम्बर १० आफ्नै भवनबाट सेवा सुरु गरेको छ । ४८ लाखको लगानीमा वडाको भवन निर्माण भएपछि आफ्नै भवनबाट काम सुरु गरेको हो ।

भवनको शुक्रवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । भवनको प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले उद्घाटन गर्नुभएको हो ।

वडा अध्यक्ष चित्रबहादुर डाँगी((निर्मल)को अधयक्षता प्रदेश सभा सदस्य अमरबहादुर ठाँगीको प्रमुख आतिथ्य एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर ८ अध्यक्ष चन्द्रप्रसाद चौधरी, वडा नम्बर ९ का अध्यक्ष कुलबहादुर लामीछाने, नेपाली कांग्रेसका त्रिपुर ईकाई सभापति दिपक पाण्डे, नेकपाका प्रतिनीधी माधव पाण्डे, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर रावत, मावि नारायणपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्ताबहादुर बुढाथोकी, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहाल, नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण), स्वास्थ्य चौकी नारायणपुरका प्रमुख राजेन्द्रुकुमार हमाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वडा सदस्य लक्ष्मी लम्सालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सदस्य काशिराम खनालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*