Home / Feature Breaking news / दाङमा ७ जना प्रदर्शनकारी पक्राउ

दाङमा ७ जना प्रदर्शनकारी पक्राउ

दाङ । निर्मला पन्तको न्यायका लागि जन प्रदर्शन भइरहेको बेला दाङमा प्रहरीले ७ जना नेपाल कम्युनिष्ट पार्टीका नेताकार्यकर्तालाई पक्राउ गरेको छ ।
े लमहीमा निर्मला पन्तको न्यायका लागि शान्तिपूर्ण कार्यक्रम गरिरहेका नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सचिवालय सदस्य किरण डाङी, एकराज चौधरी, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रितिमा चौधरीलगायत ४ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि राज्यले अहिलेसम्म अपराधीहरुलाई कानुनी कठघरामा ल्याउन नसकेको र उक्त घटनामा राज्यले देखाएको लाचारी, गैर जिम्मेवारीपना र अपराधीलाई संरक्षण गर्ने गतिविधिले सम्पूर्ण आम नेपाली जनसमुदायलाई लज्जित तुल्याएको अवस्थामा दबाब स्वरुप शान्तिपूर्ण रुपले कार्यक्रम भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेको नेकपाले आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*