Home / Feature Breaking news / घोराही सांस्कृतिक कार्यक्रमः सीर्जु, चन्द्र र रुविनाको उत्कृष्ट प्रस्तुति

घोराही सांस्कृतिक कार्यक्रमः सीर्जु, चन्द्र र रुविनाको उत्कृष्ट प्रस्तुति

घोराही, १३ मंसीर

नेपाल निर्माण व्यवसायी महासंघ पाँच नम्बर प्रदेशको प्रथम साधारण सभा तथा अधिवेशनको अवसरमा घोराहीमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

घोराहीको होटल माला ईनमा विहीवार बेलुका भएको सांस्कृतिक कार्यक्रममा विभिन्न कलाकारहरुले प्रस्तुति राखेका थिए । कार्यक्रममा लोक तथा दोहोरी गायक चन्द्र शर्मा, गायीका सीर्जु अधिकारी, मोडल रुविना अधिकारी लगायतले प्रस्तुति राख्नु भएको थियो ।

गायक चन्द्र शर्माले बाच्छीले धान खायो बोलको गीत लगायत अन्य गीतहरु प्रस्तुत गर्नुभएको थियो । यस्तै चर्चीत गायीका सिर्जु अधिकारीले प्यार प्यार तीम्रो मनमा प्यार जगाउला, ओके छ त बोलको गीत प्रस्तुत गर्नुभएको थियो ।

यसका साथै उहाँले आउदै गरेको नयाँ गीत आकाश घर्ति जुनको र घन्काईदेउ ब्याण्ड बाजा बोलको गीतहरु प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा विभिन्न प्रस्तुति राखीएको थियो । कार्यक्रममा मोडल रुविना अधिकारीले उत्कृष्ट नृत्य प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रमको सहजिकरण लोकदोहोरी गायक चन्द्र शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*