Home / समाचार / धर्ना साना किसानको साधारणसभा

धर्ना साना किसानको साधारणसभा

दाङ,२९ असोज । धर्ना साना किसान महिला कृषि सहकारी सस्थाको आठौ साधारणसभा सम्पन्न भएको छ । सहकारी सस्थाका अध्यक्ष शिवा कार्कीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारणसभा सहकारी सस्थाका अध्यक्ष शिवा कार्कीले बार्षिक प्रगति प्रतिवेदन, लेखा संयोजक सिता केसीले लेखा र आर्थिक तथा बिमा संयोजक मञ्जु कार्कीले बिमा संम्वन्धी जानकारी गराएकी थिइन ।
त्यस अवसरमा बोल्दै प्रमुख अतिथि दाहालले सहकारीले धर्नाली महिलाहरुलाई आयआर्जनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताएका थिए । सहकारीले महिलाहरुको सानो रकमलाई बचत गरेर अप्ठेरो परिस्थीतिमा महिलाहरुको सहयोगी भुमिका खेलेको दाहालको भनाई थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका सचिव कृष्णप्रसाद शर्मा, सहकारी सस्थाका शेयर सदस्य इन्द्रा गिरी,सल्लाहार बिष्णु पौडेल, भिमकान्त दाहाललगायतले सभुकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा सहकारी सस्थाका ज्येष्ठ सदस्य देवा केसी,कौशिल्या विक,लक्षीमा केसी,धेरै बचत गर्ने रमा भण्डारी,व्यक्तिगत रुपमा धेरै बचत गर्ने देवकी पौडेल, धेरै बचत गर्ने बालबचत कर्ता दिपशिका केसीलाई कार्यक्रमका प्रमुख अतिथि दाहालले सम्मान गरेका थिए । साधारणसभाको सञ्चालन मेनका केसीले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*