Home / Feature Breaking news / विदेशबाट फर्केर बाख्रापालन

विदेशबाट फर्केर बाख्रापालन

दाङ । घोराही उपमहानगरपालिका वडा नं. ५ निवासी एक युवाले विदेशवाट फर्केर बाख्रापालन व्यवसाय शुरु गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना कप्तानचोक निवासी बिराट नेपालीले करिव १३ लाख बढिको लगानीमा व्यवसायिक बाख्रापालन शुरु गरेका हुन ।

उद्यमशिलता तालिम लिएका बिराटले स्वदेशमा नै केही गर्नु पर्दट भनि घर परिवारको सहयोगमा व्यवसायको सुरुवात गरेका हुन । वैदेशिक रोजगारीका सिलसिलामा करिव ढाई बर्ष मलेसियामा बसेका बिराटले स्वदेश मै केही गर्ने सोचका साथ बाख्रापालन व्यवसाय गरेको बताए । ‘करिव ढाई बर्ष विदेशमा बस्दा महिनामा ४० देखि ४५ हजार सम्म कमाई हुन्थ्यो’,विराट भन्छन,‘आफनै व्यवसाय गरेर त्यतिको श्रम गर्ने हो भने आफनै ठाउँमा पनि कमाउन सकिन्छ ।’

आफनै ठाउँमा श्रम गर्ने उद्देश्यले सुरुमा ७ लाख बढिको लगानीमा बाख्रापालनको खोर निर्माण गरि व्यवसायिक बाख्रापालन शुरुवात गरेका हुन । अहिले फर्ममा स्थानीय करिव ५० बाख्राहरु रहेका छन् । उन्नत जातका बाख्रापालन गर्ने उद्देश्य रहे पनि तत्काल लाई स्थानीय उन्नत जातका बाख्रा वाट व्यवसाय सुरु गरेको उनको भनाई छ । ‘बिदेशमा गरिने श्रम स्वदेश मै गर्न सके विदेशको जति आपm्नै ठाउँमा कमाई गर्न सकिने विश्वासका कारण व्यवसाय सुरु गरेको छु’,बिराटले भने,‘व्यवसाय आफै संलग्न रहेको र घरपरिवारको पूर्ण सहयोग रहेकाले सफल हुने छु ।’

व्यवसाय सञ्चालनमा बिराटलाई बुबा गोपाल नेपालीले सहयोग गर्दै आएका छन । विदेशमा रहदा रवर कम्पनीमा काम गर्दै आएका नेपालीले अहिले बाख्रापालन
व्यवसाय गर्दा सन्तुष्ट रहेको बताए । ‘मैले बाख्रापालन व्यवसाय गर्दा साथीहरुले के दु.ख गरेको होला, यो भन्दा विदेशमा गए राम्रो कमाई गरिन्छ भन्छन’,बिराटले भने,‘तर मलाई विदेश जानु भन्दा स्वदेश मै केही गरेर देखाउने मन छ ।’ विदेशमा गरेको जति आफनो व्यवसायमा श्रम गर्न सके राम्रो कमाई गर्न सकिने उनमा विश्वास छ । छोराको कामले घरपरिवारलाई समेत सन्तुष्ट बनाएको छ ।
‘छोराले विदेश जानुभन्दा स्वदेश मै केही गर्छु भनेर बाख्रापालन व्यवसाय सुरु गरेको छ’,बुबा गोपालले भने,‘पैसा कमाउने भन्दै सयौँ युवाहरु दिन हु विदेश गईरहेको समयमा छोराले स्वदेश मै केही गर्छु भनेर व्यवसाय गर्दा खुशी लागेको छ ।’ व्यवसाय सुरु गरे पनि धर्नामा पानीको समस्या रहेको बताए ।

बाख्रा लाई चरण सँगै घाँस खेतीको पनि व्यवस्था गरेपनि पानीको समस्या परेको छ । बाख्रापालनका लागि पानीको समस्या साधानका लागि डिपबोरिङ गर्ने योजना रहेको उनले बताए । यता घोराही उप महानगरपालिका वडा नं. ५ का वडाअध्यक्ष बिष्णुमणि दाहालले पछिल्लो समय कृषि व्यवसायमा युवाहरुको आकर्षण बढेको बताए । वडा कार्यालयले कृषि क्षेत्रमा सहभागि हुने कृषहरु लाई सहयोग गर्ने समेत उनको भनाइ रहेको छ । पछिल्लो समयमा व्यवसायका रुपमा रहेका बाख्रापालन, कुखुरपालन, माछापालन, बंगुरपालनमा युवाहरुले संलग्नता बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*