Home / Feature Breaking news / वहुउद्देश्य सभागृहको निर्माण ३० प्रतिशत

वहुउद्देश्य सभागृहको निर्माण ३० प्रतिशत

अमरराज आचार्य

दाङ, ४ असोज । घोराही उप महानगरपालिका वडा नं १४ मा निर्माणधिन वहुदेश्य सभा गृह भवन निर्माणको ३० प्रतिशत काम सकिएको छ । सभा हलको हाल सम्म ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीका प्रोजेक्टर म्यानेजर विनोद ज्ञवालीले बताए । उनका अनुसार हाल सम्म तल्लो तलाको ढलाइ सम्पन्न भएको छ भने माथिल्लो तलाको ढलान पनि सुरु भएको छ ।

मार्थिल्लो तलाको ढलाइ १÷ २ दिनमा सकिने भएको छ । वहुउदेश्य सभा गृहको निर्माण सुरु गएको कार्तिक दास्रो सातामा भएको थियो । वहु उदेश्य सभा गृह निर्माणका लागि २६ करोड ७७ लाख १८ हजार ९ सय ३ रुपैया लगानीमा निर्माण हुने दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले वताए । सरकारले शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालय मार्फत बहुउदेश्य सभा गृह निर्माण गर्ने थालेको हो । सभा गृहको निर्माणको जिम्मेवारी वंगलामुखी गौरी पार्वती जेभी ललितपुरले पाएको छ । वहु उदेश्य सभा गृह ३ तलाको हुने छ भने १ हजार जना अटने क्षमताको हल हुने छ । संघले २०६९ सालको महोत्वसबाट ५१ लाख र २०७२ सालको महोत्सवबाट २४ लाख ९९ हजार रकम संकलन गरेको अध्यक्ष भुसालले बताए ।

उक्त रकम वाट सुकुमवासीहरुको व्यवस्थापनमा खर्च गरेको थियो । वहु उदेश्य सभा गृह ३० महिनामा कार्य सम्पन्न गर्ने सम्भौता भएको छ । सभागृहको क्षेत्रफल १९ कट्टा १७ घुर छ । सभा गृहको शिल्यान्यास २०६९ सालमा भएको थियो । शिल्यान्याल भएको लामो सयम पछि निर्माण कार्य शुरु भएको हो । सरकारले ठेक्का आवहान गर्ने र सुकुम वासीको व्यवस्थापन तथा अन्य विभिन्न समस्याको कारण निर्माण कार्य ढिलो भएको अध्यक्ष भुसालले वताए ।

निर्माण कम्पनीले अन्य स्थानमा गरेको काम समयमै सम्पन्न गरेकोले यो काम पनि समयमै गर्ने विश्वास गरिएको संघले जनाएको छ । निर्माण कम्पनी वंगलामुखी गौरी पार्वती निर्माण कम्पनीका प्रोजेक्टर म्यानेजर ज्ञवालीले काम तीव्र गतीमा भएको बताए । ‘हामीले तोकिएको समयम नै काम सम्पन्न गर्ने गरी कामलाइ अगाडि वढाएका छौ’ ज्ञवालीले भने । ‘हामीले तोकिएको समय भन्दा पहिले नै काम सम्पन्न गरी वोनस पाउने लक्ष्यका साथ काम गरी राखेका छौ’ ज्ञवालीले भने । काम गर्दा हाल सम्म कुनै समस्या नआएको उनले बताए ।

सभा गृह निर्माणको सम्भौता २०७४ असार ३० गते भएको थियो भने निर्माण सम्पन्न २०७६ पुस २८ गते सम्मको समय छ । सभागृह सुरुआतमा कम्पनीका सञ्चालक रामकुमार थापाले तोकिएको समय भन्दा पहिले नै निर्माण सम्पन्न गरी सक्ने प्रतिवद्धता जनाएका थिए । जिल्लामा सभा गृह नहुदा यस क्षेत्रमा ठुला कार्यक्रम समेत हुन सकेका छैन । सभा हल भित्र आयोजना गरीने ठुला कार्यक्रम गर्नु पर्दा जिल्ला वाहिर जानु पर्ने वाध्यता जिल्ला वासीमा छ ।

सभा गृह निर्माण भए पछि जिल्ला वासीहरु वाहिर जानु पर्ने वाध्यता हटने छ । सभा गृह निर्माण भए पनि यस क्षेत्रको विकासमा समेत महत्वपुर्ण भुमिका खेल्ने यस क्षेत्रका व्यवसायहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*