Home / Feature Breaking news / महायज्ञमा कथा श्रवण गर्न भक्तजनहरुको घुईचो

महायज्ञमा कथा श्रवण गर्न भक्तजनहरुको घुईचो

दाङ, २ असोज

मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ सोमवारदेखी घोराहीमा सुरु भएको महायज्ञमा भक्तजनहरुको घुईचो लागेको छ ।

घोराहीको कर्मचारी मिलन केन्द्रको दक्षीणतर्फको मैदानमा जारी महायज्ञको दोस्रो दिन भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । महायज्ञमा कथा श्रवण गर्नकालागि विभिन्न उमेर समूहका व्यक्तीहरुको सहभागिता रहेको छ ।

९ गतेसम्म सञ्चालन हुने महायज्ञको मुख्य वाचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्धान बाल ब्यास पं.कोमल उपाध्याय रहनुभएको छ । वाचकको संगीतमय कथा वाचन र राष्ट्रिय ख्यातिप्राप्त दंगाली कलाकार मञ्जील मोहन कार्की सहितको भजन कलाकार टोलीको भजन सुन्नकालागि दर्शकहरुको उपस्थिति बाक्लो रहेको आयोजक मूल समितिका संयोजक रुपा वलीले जानकारी दिनुभयो ।

पश्चमि नेपालमै पहिलो पटक आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा दोस्रो दिन मंगलवार राम र सीताको विवाहलाई कलाकारहरुले नाटकको माध्यमबाट प्रस्तुत गरेका थिए । तेस्रो दिन वुधवार राम बनबास जाने विषयलाई पनि नाटकको माध्यमबाट प्रस्तुत गरिने छ ।

प्रेरणाकालागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुईरेपानीमा निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि सहयोगार्थ महायज्ञको आयोजना गरिएको हो ।

सिद्धि विनायक सत्संग सेवा समिति नेपाल दाङको आयोजनामा पश्चीम नेपालमा पहिलोपटक आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा दान गर्ने दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।

जस अनुसार १ देखी ५ सय सम्म दानपत्रमा दान गरिने, ५ सय १ देखी १ हजारसम्म दान गरेमा रसित, १ हजार १ देखी २ हजार ५ सयसम्म दान गरेमा रामनामी तथा सादा फ्रेम, ५ हजार १ देखी २५ हजारसम्म दान गरेमा शिलालेखमा नाम लेखिने दाता पहिचान समितिका संयोजक भुपाल गिरीले जानकारी दिनुभयो ।

यस्तै २५ हजार १ देखी ५० हजारसम्म दान गरेमा दाताको दम्पतिको नाम शिलालेखमा लेखिने, ५० हजार १ देखी १ लाखसम्म दान गरेमा दोसल्ला, दाताको वुवाआमाको नाम सहित शिलालेखमा नाम, १ लाखदेखी ५ लाखसम्म दान गरेमा दाताको तीनपुस्ताको नाम शिलालेखमा लेखिने, ५ लाखदेखी माथी दान गरेमा शिलालेखमा दाताको तीनपुस्ताको नाम सहित निर्माणाधिन भवनको एक कोठा दाताको नाममा नामाकरण गरिने गिरीले बताउनभयो ।

यसका साथै २५ लाखभन्दा धेरै दान गरेम निर्माणधिन भवनमा दाताको शालिक निर्माण गरि शालिकको तल दाताको पाँचपुस्ते सहित ताम्रपत्रमा नाम लेखिने उहाँले जानकारी दिनुभयो । यसका साथै सर्वाधिक दान गर्ने दातालाई प्रतिदिन सभानायकको सम्मान गरिने गिरीले जानकारी दिनुभयो ।

महायज्ञमा दैनिक विभिन्न कार्यक्रमहरु भईरहेका छन् । जसमा तुलादान, भूमीदान, अन्नदान, धान्याञ्चल, नगद दान रहेका छन् । यस्तै विभिन्न कार्यक्रम एवं सेवाहरुकालागि रकम पनि निर्धारण गरिएको छ ।

महायज्ञको हरेक दिन विहान साढे ७ बजेदेखी हवन्, विहान साढे १० बजेदेखी कथा वाचन र वेलुका ७ बजेदेखी महात्म्य कार्यक्रम भईरहेको महायज्ञमा निर्देशक डा. भोलानाथ योगीले जानकारी दिनुभयो ।

महायज्ञको मुख्य आकर्षणको रुपमा १ करोड दीप प्रज्वलन, १ हजार ८ कन्याहरुको पूजा, महायज्ञमा १ सय ८ किलोको लड्डु प्रदर्शन लगायतका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*