Home / Feature Breaking news / छोराको उपचारमा सहयोग गरिदिन आमाको आग्रह

छोराको उपचारमा सहयोग गरिदिन आमाको आग्रह

दाङ । घोराही उपमहानगरपालिका–१२ बेलवार निवासी भण्डारी परिवारले ब्लड क्यान्सर रोगवाट पीडित छोराको उपचारका लागि आर्थिक सहयोग गरिन आग्रह परिवारले आग्रह गरेको छ ।

शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि परिवारले व्लड क्यान्सर रोगवाट पीडित २१ बर्षिय छोरा टिकाराम भण्डारीको उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेकी हुुन । पत्रकार सम्मेलनमा आमा पुनिकला भण्डारीले पढ्न भनि काठमाण्डौ गएको छोरा विरामी भएको र लखनउँमा जचाँउदा बोनम्यारो देखिएको बताइन । ‘काठमाण्डौ पढ्न गएको छोरा विरामी भयो,विरामीलाई छोरालाई धेरै ठाउँमा देखाउदा पत्ता लागेन’,आमा पुनिकलाले भनिन्,‘अन्तीममा इन्डीयाको लखनउँमा देखाउदा त्यहाँका डक्टरहरुले व्लड क्यान्सर देखियो ।’गत पुस महिनादेखि विरामी छोराको उपचारा लागि करिव १७÷१८ लाख रुपैया खर्च भईसकेको भन्दै उनले उपचारकालागि थप रकम लाग्ने भएकाले सहयोग गरिदिन सवैसँग आग्रह गरिन ।

समयमै उपचार गर्न सके विरामीको ज्यान बचाउन सकिने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका डक्टरहरुले बताएपनि घरको सामान्य आर्थिक अवस्थाका कारण छोराको उपचार हुन नसकेको शिक्षक निर्मल न्यौपानले बताए । ‘पढाईमा सानैदेखि राम्रो विद्यार्थी थियो, पछिल्लो समय काठमाण्डौमा राम्रो पढिरहेको थियो’,ग्रेट बुद्ध एकेडेमीका प्रिन्सीपल समेत रहेका न्यौपानेले भने,‘काठमाण्डौ पढ्न गएको विद्यार्थी विरामी भएको खवर सुन्यौ,पछि चेक गराउदा व्लड क्यान्सर भएको रहिछ ।’

न्यौपानेका अनुसार उपचारका लागि घरपरिवारले सुरुदेखि नै धेरै पैसा खर्च गरिसकेका छन विरामी राम्रो नहुदा पछिल्लो समय उपचारका लागि थप पैसा आवश्यक परेको छ । घरपरिवारका अनुसार अहिले दैनिक २५ देखि २६ हजारसम्म खर्च हुने गरेको छ । परिवारले छोराको उपचारकालागि आमा नाममा कृषि विकास कार्यालयको खाता नं. ०९१९५०१२९३७९१०१० मा पैसा जम्मा गरेर सहयो गरिदिन समेत आग्रह गरेको छ । बिरामीको भरतपुर चितनव क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।

tikaram - Copy

त्यस्तै आमाको मोवाइल नम्वर ९७४८५४८०६४ र ९८०९५९३४९०मा सम्पर्क गर्न समेत आग्रह गरेको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका निवर्तमान जिल्ला अध्यक्ष सुदीप गौतमले विरामीको उपचारको सहयोग गरिदिन सवैलाई आग्रह गरे ।

‘बिरामीको समयमै उपचार हुन सके,राम्रो हुन सक्ने अवस्था छ’,गौतमले भने,‘ बिरामीको उपचारको लागि परिवारसँग पैसाको अभाव भएकाले सवैलाई सहयोगको वातावरण बनाउन सञ्चार माध्यमहरुले भुमिका खेल्न आग्रह गर्दछु ।’ पत्रकार सम्मेलनको सहजीकरण पत्रकार आरके शितलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*