Home / Feature Breaking news / तरकारी सकलन केन्द्र र मूल्य तोक्न कृषकको माग

तरकारी सकलन केन्द्र र मूल्य तोक्न कृषकको माग

लमही, २ भदौ । देउखुरीमा व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका कृषकहरुले तरकारी संकलन केन्द्र र मुल्य निर्धारणको माग गरेका छन् । उद्यमशिल कृषिसहकारी संस्थामा आवद्ध कृषकले लामो सयमदेखि व्यवसायिक रुपमा तरकारी खेतीमा उत्प्रेरण दिएकै कारण आफूहरु व्यवसायीमा लागेको भन्दै तरकारी संकलन केन्द्रको व्यवस्थाका साथै मूल्य निधारण गरिदिन आग्रह गरेका हुन ।

शुक्रवार उद्यमशिल वहुउदेश्यीय कृषि सहकारी संस्था दाङको आयोजनमा संस्थामा आवद्ध कृषक समुहका अगुवाविच भएको अन्तरक्रियामा सहभागिहरुले यस्तो माग राखेका हुन । कार्यक्रममा सहभागि कृषक अगुवा सत्यनारण चौधरीले दुइ दशकदेखि व्यवसायी रुपमा तरकारी खेती गर्दै आएपनि मुख्य समस्या सकलन केन्द्र भएको गुनासो गरे । २ किलोमिटरवाट तरकारी वोकेर लमहीमा आए पनि संकलन केन्द्र र मूल्य निधारण नहुदा विचौलियालाइ फाइदा भएको बताए । ‘तरकारी लिएर लमही आउछौ, मूल्य थाहानै हुदैन विचौलियाले आफै मूल्य गर्छन् र फर्काउन भन्दा सस्तोमा दिन बाध्य हुन्छौ’ चौधरीले भने ।

लमही नगरपालिका–२ श्रीगाँउका कृषक अगुवा युवराज चौधरी कृषकहरुवाट संस्थाले दुध संकलन गर्दै आएकोले अव तरकारी पनि संकलन गरि दिन आग्रह गरे ।लमहीमा तरकारी संकलन केन्द्र नहुदा आफूहरु राजमार्गमै वसेर तरकारी वेच्दै आए पनि आफनो तरकारीको मूल्य आफैले नभइ विचौलियाले गरि दिने गरेको गुनासो गरे । संस्थाका अध्यक्ष दिलिप कुमार खानलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लघु वित्त संचालन , कृर्षि बजार संचालन र मल विउ सहज उपलब्द सम्वन्धमा छलफल भएको थियो ।
कार्यक्रममा संस्थाका सचिव पुरुषोत्तम आचार्यले कार्यक्रमको सहजिकरण तथा उप समितिका सदस्य शंकर गौतमले कृषकहरुले राखेको जिज्ञासाको जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*