Home / समाचार / मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवास निर्माण सहयोगार्थ घोराहीमा महायज्ञ हुने

मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवास निर्माण सहयोगार्थ घोराहीमा महायज्ञ हुने

दाङ, ३१ साउन

मानसिक सन्ुतलन गुमाएका व्यक्तीहरुको आवास निर्माणकालागि सहयोगार्थ घोराहीमा महायज्ञ हुने भएको छ ।

प्रेरणाकालागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवास गृहकालागि सहयोगार्थ ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ हुने भएको हो ।

असोज १ गतेदेखी ९ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रदेखी दक्षीणतर्फको मैदानमा हुने महायज्ञकालागि मूल समिति एवं उपसमितिहरु गठन गरिएको छ ।

घोराहीमा भएको भेलाले रुपा वली संयोजक रहेको आयोजक मूल समिति गठन गरेको छ । जसको सहसंयोजमा सुशीला पौडेल रहनुभएको छ । महायज्ञको निर्देशकमा डा. भोलानाथ योगी रहनुभएको छ ।

महायज्ञ सफल बनाउनकालािग विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । जस अनुसार श्रीधर लम्साल संयोजक रहेको आर्थिक उपसमिति, टेकबहादुर खड्का संयोजक रहेको प्रसारप्रसार उपसमिति, बुद्धिकला शर्मा संयोजक रहेको प्रसाद व्यवस्थापन उपसमिति, यज्ञश्वरी चन्द संयोजक रहेको पूजा व्यवस्थापन उपसमिति, डीला पाण्डे संयोजक रहेको पण्डीत भोजन व्यवस्थापन उपसमिति, सारदा पोख्रेल संयोजक रहेको दाता पहिचान तथा जग्गा मूल्यांकन उपसमिति गठन गरेको छ ।

यस्तै धनपति शर्मा संंयोजक रहेको शोभायात्रा व्यवस्थापन उपसमिति, सनम केसी संयोजक रहेको कलश व्यवस्थापन उपसमिति, विष्णा भुषाल संयोजक रहेको धान्याञ्जल उपसमिति, युवराज आचार्य संयोजक रहेको तुलादान व्यवस्थापन उपसमिति, बालकृष्ण रावल संयोजक रहेको स्वयमसेवक परिचालन उपसमिति, मुकुन्द रंजितकार संयोजक रहेको लेखा उपसमिति, केशब खरेल संयोजक रहेको मञ्च व्यवस्थापन उपसमिति, मंगला श्रेष्ठ संंयोजक रहेको सांस्कृतिक उपसमिति, कमला रिजाल संयोजक रहेको महिला शक्ती परिचालन उपसमिति, प्रतिमा भट्टराई संयोजक रहेको फूलमाला व्यवस्थापन उपसमिति, बसन्त भट्ट संयोजक रहेको रामनामी एवं प्रमाणपत्र व्यवस्थापन उपसमिति, गुणाकर भुषाल संयोजक रहेको सचिवालय व्यवस्थापन उपसमिति र डा. लोकराज पराजुली संयोजक रहेको उद्घोषण तथा कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

महायज्ञको अनुगमनकालागि प्रेम शर्मा संयोजक रहेको अनुगमन समिति पनि गठन गरिएको आयोजक मूल समितिका संयोजक रुपा वलीले जानकारी दिनुभयो ।

महायज्ञको कथावचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्धान बाल ब्यास पण्डीत कोमल उपाध्याय रहनुहुने छ । १ सय ८ भागवत संकल्पकर्ता डिला पाण्डेको संकल्प अनुसार दाङमा महायज्ञ आयोजना गर्न लागिएको प्रचारप्रसार उपसमितिका संयोजक टेकबहादुर खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*