Home / समाचार / स्थापना दिवसमा एमआरहरुको रक्तदान

स्थापना दिवसमा एमआरहरुको रक्तदान

घोराही, ३० साउन
नेपाल औषधी बिक्रि प्रतिनिधी संघको ४९ औँ स्थापना दिवसको अबसरमा दाङ युनिटले मंगलबार घोराहीमा रक्तदान गरेको छ । कार्यक्रममा १० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा टेकबहादुर साउद, अरविन्द चन्द, सरद अधिकारी, बालाराम शर्मा, विबेक भण्डारी, बिनोद न्यौपाने, गणेश चौधरी, पितम्बर बास्तोला, प्रेम गुरुङ र दुर्गा चौधरी रहनुभएको छ । युनिटले रक्त सञ्चार केन्द्र घोराहीमा पुगेर रक्तदान गरेका हुन् ।

साथै उनिहरुले घोराही बजारमा मोटरसाईकल ¥याली गरि बाह्रकुने पुगेर आफुहरुको कामको समिक्षा समेत गरेका छन् । युनिटमा आबद्ध सदस्यहरु बिच परिचयात्मक कार्यक्रम गरि सेवा प्रबाहका बारेमा समेत छलफल भएको युनिटका सहसचिब मनहरी थापाले जानकारी दिनुभएको छ । युनिटका अध्यक्ष सागर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संघका निबर्तमान अध्यक्ष धु्रब गोराथोकी, बरिष्ठ उपाध्यक्ष सञ्जय चौधरी, सचिब बसन्त घर्तीमगर, सहकोषाध्यक्ष लिलाबहादुर वली लगाएतकाले धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*