Home / Feature Breaking news / ‘सकीयो आर्थिक वर्ष, पाईएन निर्माणको खर्च’

‘सकीयो आर्थिक वर्ष, पाईएन निर्माणको खर्च’

दाङ, ९ साउन
घोराही क्षेत्रको फोर लेन सडक तथा कटुवा खोला पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायि पदम शर्मा सबैको तारो बने । उनलाई दोषारोपण गरियो । ‘‘निर्माण व्यवसायिको लापरवाहीका कारण सडक र पुल अलपत्रै भए ।’

निर्माणका क्रममा आएका विभिन्न व्यवधानलाई चिर्दै पदमले निर्माणलाई निरन्तरता दिए । यहाँ सम्मकी यि दुई भौतिक संरचनाका लागि सडक डिभिजन कार्यालयनै असहयोगी बनिदियो । निर्माणका लागि कार्यालयले दिनु पर्ने रकम लामो समय सम्म दिएन । फलतः निर्माण व्यवसायि पदमले ऋण सापटको जोहो गरेर निर्माणलाई गति दिईराखे । ‘मैले निर्माणका लागि कार्यालयबाट पाउनु पर्ने रकम पाएन,’उनले भने ‘तर कामलाई रोकिन,अहिले मेरो थाप्लोमा करोडौँ ऋण थपिएको छ ।’ अहिले कटुवा खोलाको पुल निर्माण कार्य सकिएको छ । पुलको ढलान केहि दिन अघी मात्रै सकियो ,तर उनले काम परा गर्दा सम्म पनि निर्माण गरबपतको रकम पाउन सकेनन् ।

आर्थिक बर्ष सकिदा समेत रकम नपाउँदा उनि दुखि छन् ।‘ सुरुमा मलाई काम गरेन भनेर आरोप लगाईयो,’उनले भने ‘ऋण सापट गरेर काम सकेँ, तर आर्थिक बर्ष सकिदा पनि मैले एक पैसा पनि पाएको छैन ।’ उनका अनुसार केहि निर्माण व्यवसायिहरुले आर्थिक बर्षको अन्त्यमा रकम पाए । तर आँफूले नपाउनुको कारण के रु अहिले पदम यहि प्रश्नको उत्तर खोजीमा छन् ।

‘अरुले पैसा पाउँदाखेरी मलाई मात्रै किन रोकियो’ उनले भने– ‘‘मै माथि प्रहार गर्ने अनि काम सक्दा पनि मलाई रकम रोक्का गरिदिने रु सडकको नियत केहो ? मैले बुझनै सकेको छैन ।’ उनले काम चलिरहँदा र काम सम्पन्न भैसक्दा समेत आँफूलाई अन्यायमा पारिएको भन्दै दुख ब्यक्त गरे ।
यता सडक डिभिजन कार्यालयले भने प्राविधिक कमजोरीका कारण निर्माण व्यवसायि शर्माले रकम प्राप्त गर्न नसकेको वताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*