Home / Feature Breaking news / दाङका पाँच स्थानमा ट्राफिक प्रहरी थप, मुख्य ट्राफिक पोष्टहरुमा अफिसर

दाङका पाँच स्थानमा ट्राफिक प्रहरी थप, मुख्य ट्राफिक पोष्टहरुमा अफिसर

राप्ती सन्देश समाचारदाता
दाङ, ८ साउन

दाङको पाँच स्थानमा ट्राफिक प्रहरी थप गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका ५ स्थानमा ट्राफिक प्रहरी थप गरेको जनाएको छ ।

जिल्लाको घोराही क्षेत्रमा २ स्थान, तुलसीपुर क्षेत्रमा २ र देउखुरीको १ स्थानमा ट्राफिक प्रहरी राख्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक कुँवर ट्राफिक प्रमुख भएर आएपछि जिल्लाको घोराहीको बसपार्क, तुलसीपुरको बसपार्क, तुलसीपुर सल्यान सडकखण्डको गोट्टीखोला र पूर्व पश्चीम राजमार्ग अन्तरगत देउखुरीको लमही­भालुवाङको विच भाग नर्तिमा ट्राफिक प्रहरीको डिउटी व्यवस्थापन गरिएको छ ।

यस्तै घोराही­तुलसीपुर सडकखण्डको सर्रामा एक जना ट्राफिक प्रहरी रहेकोमा एक जना थप गरिएको प्रहरी निरिक्षक कुँवरले राप्ती सन्देशलाई जानकारी दिनुभयो ।

यस्तै जिल्लामा रहेका अस्थाइ ट्राफिक प्रहरी पोष्टमा अफिसरहरुलाई ईञ्चार्जको रुपमा खटाईएको छ । जस अनुसार अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङमा प्रहरी नायव निरिक्षक उत्तमकुमार जिसी, नारायणपुरमा प्रहरी नायव निरिक्षक नन्दकुमार पोख्रेल, तुलसीपुरमा प्रहरी नायव निरिक्षक चन्द्रबहादुर केसी, अमेलियामा प्रहरी नायव निरिक्षक विवेक महरा, लमहीमा प्रहरी सहायक निरिक्षक विष्णु केसी, प्रहरी सहायक निरिक्षक जसपुरमा मोहनकुमार चन्दलाई ईञ्चार्ज खटाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*