Home / Feature Breaking news / विश्वासघात

विश्वासघात

यम रेग्मी
सुदनले सुरजको लामो कपाललाई हातका औलाहरुले खेलाउदै भन्यो, ‘ त विदेश हिडेको मान्छे ? मलाई लागेको थिए । त कुनै दिन गाउँ समाजले गर्व गर्ने लागेको भेषमा फेटिने छस् ।

सरहमा ठूलो महलमा देखिनेछन् । सुखी र खुसीको मुद्रामा देखिनेछस् । तर, आज तलाई सपनाको सपनामा पनि नसोचेको कुरा यो अवस्थामा किन मैले देखि रहेको छु ? म सपनामा छु कि विपनामा ? छुट्याउन गाह्रो भइरहेको छ मलाई ? के भयो साथी तलाई यस्तो ? भाउजू खै ? छोरी कहाँ छे ? त विदेश गएकोदेखि भाउजू छारी दुबैलाई देख्न पाएको पछि छैन । अब त छोरी पनि ठुली भएकी होली ?’

सुरज एकछिनसम्म केही बोलिन् । एकटकले शिर झुकाएर भोइँमा हेरिर¥यो । केही बेर पछि छातीभित्रको सबै सासलाई प्रेसर कुक्करले सिठ्ठी दिएझैँ लामो सुस्केरा हालेर सबै सास नाकबाट फाल्यो र बोल्यो, ‘ त्यस दिन तसँग विदा भएर घरमा गए । एक महिना पछि जुन कम्पनीमा भिसा लगाएको थिए । भिसा पनि आयो । आज भिसा आयो । भोलि नै मलाई जानुपर्ने भयो । जाने बेला तसँग भेट गर्ने ठूलो अभिलाषा थियो । समयले साथ दिएन । चाहेर पनि सम्झव भएन ।

जुन कामको लागि भनेर भिसा लगाएको थियो । काम पनि त्यही नै प¥यो । आठ घण्टाको डिप्टी । खाना र बस्न पनि राम्रो व्यवस्था थियो । आठ घण्टाभन्दा बढी काम गरेमा ओटी लाग्थ्यो । कमाई पनि राम्रो थियो । दुई महिनाको कमाई गएको रीन तिरे । तीन महिनाको कमाई नेपाल पठाउन एक हप्ता मात्र बाँकी थियो ।’
उ बोल्दाबोल्दै टक्क रोकियो र सुक्क सुक्क गरेर रुन थाल्यो । नजिक आफन्ती गुमाएको मानिसझैँ आँखा मिच्दै धेरै बेर रोयो । सुदनले उसलाई सम्झायो । केही बेर पछि उसले आफूलाई रम्हाल्यो ।

सुदनको कुममा आफ्नो शिर अड्याउदै गम्भीर बनेर बोल्यो, ‘एकदिन साँझ सदाँझै कामबाट फर्केर कोठमा आए । दिनभरीको कामले लखतरान परेको थियो । खाना खाएर पलङमा पल्टिए । झपप्क आएको के लागेको थियो । फोनको घण्टी बज्यो । फोन हेरे । छायाको फोन रहेछ । फोनमा कुरा नभएको पनि उसँग एक हप्ता भइसकेको थियो । उनलाई फोन गर्न लाग्दा कहिले स्युचअफ भन्थ्यो । कहिले व्यस्त छ भन्थ्यो । कहिले आफूलाई फुर्सत हुदैन थियो । एक हप्ता पछिको फोनको भेटले पनि होला । मन एक तमासले खुसी भएको थियो । हर्षका साथ फोन उठाए ।

उताबाट छाया फोनमा रुदै बोली, ‘तपाईको यो साक्षस बस्ने घरमा म एकछिन पनि बस्न सक्दैन् । घरको काम गरु कि बाहिरको काम गरु ? बाहिरको काम ग¥यो घरको काम त्यसै बाँकी रहन्छ, घरको काम गरु बाहिरको काम त्यसै बाँकी रहन्छ । कसैले घरको काम केही छुने होइन । छोरीको समयमा भात नपाकेर स्कुल छुटेको आजसहित चार दिन भयो । म यो साक्षस जस्ता तपाईका बाबु आमा स्यारेर बस्न एक दिन पनि सक्दैन अब । तपाई जे भन्नुहुन्छ भन्नुहोस् । एक रात काट्न पनि मलाई साह्रौ भएको छ । भोलि विहानी उज्यालो नहुदै मत माइत हिडे ।’

उसले कुरा गर्दागर्दै पुरा नगरी रुदै फोन काटी । मन अमिलो भएर आयो । जिब्रो सुकेर मरुभूमिको धुलोझैँ भयो । भनभनी रिगाटा लाग्यो । के गरु के नगरु भयो । म घर रहदा पनि सधै केही न केही कुरामा सासु बुहारीको बिचमा दोहोरी चलिरहन्थ्यो । त्यसको निर्णायक म हुन्थे । त्यसमा कहिले सासुको जित हुन्थ्यो । कहिले बुहारी । जित्ने वालाको घमण्ड आफ्नै पाराको हुन्थ्यो । हार्ने वालाको बिरोध र आक्रोष पनि आफ्नै पाराको हुन्थ्यो । म घरमा नरहे पछि त त्यसले झन आगोको रुप लिने त निस्चित थियो । केही बेर पछि एउटा निर्णयमा पुगे । मलाई माइत भन्दा बरु कोठा भाँडामा लिएर राख्न उचित लाग्यो ।

मैले उसलाई उताबाट फोन गरे । पहिलो पटक फोनको पुरै घण्टी गयो तर फोन उठेन । फेरि अर्को पटक फोन गरे । यस पालि पनि पुरै घण्टी गयो तर फोन उठेन । फेरि तेस्रो पटक फोन गरे । सुरुको घण्टीमा उसको फोन उठेन । त्यस्रो पटकको अन्तिम घण्टीमा मात्र उसको फोन उठ्यो । उ पहिलेकै गतिमा रोइरहेकी थिए । उसको रुवाई देखेर मन छियाछिया भएर आयो । मैले फोन भने, ‘हेर छाया , विवाह भएर पराई घर गएको छोरी माइत गएर बस्नु राम्रो हुदैन । माइतीमा नराम्रो हुन सक्छ । आमा बुबा मात्र भएको भए अर्कै कुरा थियो । तीन तीन ओटा दाजु भाउजूहरु हुनुहुन्छ । तिम्रै कारण माइती नराम्रो हुनसन्छ । ’

‘त्यसो भए मैले के गरु त ? घाटीमा डोरीका पासो लगाए मरु कि ? विष सेवन गरेर मरु त ?’ उसले आवेशमा आएर लामो सास तानेर भनी । – मैले त्यस्तो भन्न कहाँ खोजेको हो र ? के भन्न खोजेको त ? सँगै सुतेपछि कहिलेकाही खुट्टा लाग्छ मात्र भनेको त । –खुट्टामात्र लाग्ने भए त सहन सकिन्थ्यो । यहाँ त प्रत्येक मिनेट मिनेट लाती लाग्छ । माइत जानुभन्दा बरु एक्लै कोठा लिएर बस । उसले जोसिलो पाराले फोनमा बोली, ‘त्यस भए म सहरमा गएर कोठा खोजेर बस्छु । भाइ पनि सहरमा पढ्न गएको छ । उसको पनि रेखदेख हुन्छ । छोरीलाई पनि राम्रो स्कुलमा पढाउँछु ।’ उसको पस्ताव मलाई ठीकै लाग्यो । छोरीको राम्रो पढाईका लागि मैले स्वीकृति दिए । अर्को दिन देखि उ सहरमा गएर बस्न थालिछे ।
‘अनि के भयो त ?’ सुदनले उत्सुकताका साथ सोध्यो ।

सुरजले लामखुट्टेले टोकेका हातका पाखुरा कनाउदै बोल्यो, ‘त्यस पछिका दिनहरु राम्रैसँग बित्न थाले । सबै राम्रो नै थियो । प्रत्येक महिना उसकै नामका पैसा पठाए । विदेश जानुभन्दा पहिले नै उ र म बजाए गएर उसको नाममा खाता खोलिदिएको थिए । यहाँको खबर उसले सधै नै राम्रै कुरा गर्थी । पाँच वर्षमा मैले रात दिन नभनेर आफ्नो परिवार सामान्य तरिकाले जीवन बिताउने सक्ने पैसा कमाए । त्यस पछि म नेपाल फर्किए ।

सुदनले पानीले भिजेको सर्ट खोल्दै उत्सुकताका साथ बोल्यो, ‘अनि कसरी यो हालतमा आइस् त साथी तँ ?’
उ बौलाएको मानिसझैँ आफ्नै गतिले बोल्दै गयो, ‘काठमाण्डौसम्म उसलाई ल्याउन आउन बोलाए । उसले गाडीमा वर्ष याममा हिड्दा खतरा हुने कुरा बताई । मलाई ठीकै लाग्यो । काठमाण्डौबाट राती बसमा चढेर म दाङ हिडे । हिड्नु भन्दा एक घण्टा अगाडि मैले उसलाई फोन गरे । फोनमा उसले मेरो आगमनलाई राम्ररी नै स्वागत् गरी । उसले मलाई फोनमा क्याम्पस जाने बाटोमा डेरा गरेर बसेको छु भनेकी थिए ।

अर्को दिन विहानै म ट्राफिक चोकमा झरे । उसलाई फोन लगाए । फोन स्वुचअर्फ थियो । मनमा चिसो प¥यो । कता जाऊ र के गरु भयो । छिट्टाभरी तरकारी बोकेर चौधरी महिलाहरु बिच्न हिडेका थिए । उनीहरुलाई लोडसेडिङ्गको बारेमा सोधे । उनीले पहिले जति लोडसेडिङ नभएको बताए । मनमा झनै चीसो प¥यो ।

आधा घण्टा जति रोडमा बसेर निरन्तर फोन लगाए । फोन खाली स्वुचअफ मात्र भन्यो । छङ्ग उज्यालो भइसकेको थियो । पहिले जस्तो घोराही बजार रहेनछ् । तमाम अटोहरु पाइदा रहेछन् । एउटा अटो बोलाएर अटोमा समानहरु राखे । ड्राइभर अटो चलायो । म चढेको अटो सडक बिभाग देखि अलिकति पूर्वबाट दक्षिणतिर लाग्यो । अटो उकालो चढेर डाँडा के पुगेको थियो । वरपरका मानिसहरु सबै बन्दकर्ताझै बाटो छेकेर उभिएका थिए । बाटोलाई पुरै छेकेर पुलिसको भ्यान उभिएको थियो । आठ दश जना पुलिसहरु यता उति गरिरहेका थिए । अटो अगाडि जान सक्ने अवस्था थिएन ।

रातभरीको अनिदोले होला आँखा जिरे खुर्सानी परेकोझैँ पिरा भएका थिए । के भएको रहेछ भनेर म अटोबाट झरे । नजिक उभिएको एउटा मानिसलाई सोधे ।
उसले मलिन मुख लगाएर बोल्यो, ‘के भनी साध्य छ र हजुर ? हिजोसम्म दुई तीन जना केटाहरुलाई अगाडि पछाडि लगाएर हिड्छी । सधै रातीको बाह्र बजे पछि मात्र उसको कोठमा बास हुन्थ्यो । आज विहान नहुदै घाटीमा पासो लगाएर मरी । लोग्ने प्रदेशमा स्वास्नी र छोरा भनेर मरिहत्य गरेको होला । स्वास्नी यहाँ मरी ।’

नजिकै अर्को मान्छे आएर हाँस्दै भन्यो,‘ के गरु तो, मोजमस्ती गर्दा गर्दै अर्काको पेट बोकिहाली । केटाले स्याहार भन्दा स्वाहारिन होला । सायद लोग्ने विदेशबाट आउने बेला भएको हुदो हो । केही उपाए देखिन होली मरी । पढ्दा पढ्दैको छोरीलाई पनि पढाई छोडाएर कहाँ पढाई खै कहाँ ? अस्ती एउटाले जिवरोड पुगिसकी पो भन्यो ।’ यति भनेर उ गल्लल हाँस्यो ।

को रहेछ भनेर हेर्ने गए । नभन्दै घाटीमा पासो लगाएर मर्ने छाया नै रहिछ । यति भन्दै उ सानो बालकझैँ ठुलो स्वरले ह्वाह्वा गरेर रुन थाल्यो । सुदनले सम्झाए पछि उ रुन छोड्यो । आँखाका आँसु पुच्दै बोल्यो, ‘त्यस पछि मैले त्यो हृदयविदारक दृश्य धेरै बेरसम्म हेर्न सकिन । फरक फर्केर एउटा होटलमा समान राखेर बैकमा गए । उसको खातामा एक रुपैया पनि थिएन । एक हप्ता अघि मात्र उसले बैकमा अन्तिम पटक पठाएको दुई लाख निकालेकी रहिछ । आज मलाई उसले यो अवस्थामा पु¥याई । ’
सुरजले आफ्नो कहानी सके पछि भन्यो, ‘मलाई विदेशले विगायो । तँ त स्वदेशमा बसेका मान्छे किन यसरी वर्वाद भइस् नि साथी ?’

विहान झिसमिसे उज्यालो भइसकेको थियो । कलेज जाने विद्यार्थीहरु अलिअलि गरेर घोराही बजारभरी देखिन थाले । नजिकैको चिया पसल पनि खुल्यो । सुदनले पछि भनौला भन्दा दुबै पाँच वर्ष पछि फेरि दुबै होटलमा चिया पिउन छिरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*