Home / Feature Breaking news / दाङमा माछा पालनमा सात करोड लगानी

दाङमा माछा पालनमा सात करोड लगानी

 

लिलाधर वली

दाङ,२५ जेठ । दाङमा माछापालनको क्षेत्रमा सात करोड बढि लगानी भएको छ । माछापालन व्यवसाय गर्ने व्यवसायीहरुलाई राज्यले प्रोत्साहन गर्न थालेपछि जिल्लामा माछापालन गर्ने सङख्यामा वृद्धि समेत भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनसार यस आर्थिक बर्षको हालसम्म कार्यालयमा ४९ वटा माछापालन तथा उत्पादन फर्महरु दर्ता भएका छन ।

 

त्यसमा सात करोड २० लाख ६१ हजार  आठ सय पँुजी लगानी रहेको घरेलु तथा साना  उद्योग कार्यालय दाङका उद्योग अधिकृत उमबहादुर  वलीले बताए । दुई करोड ९३ लाख ३९ हजार ५ सय चालु पुँजी रहेको छ भने ४ करोड २७ लाख २२ हजार तीन सय रुपैयँ स्थिर पुँजीरहेको कार्यालयले जनाएको छ ।

 

उनका अनुसार बार्षिक  ६ करोड ७२ लाख २० हजार मुल्य बराबरको माछा उत्पादन हुने गरेको उद्योग अधिकृत वलीले बताए । माछापालन व्यवसायमा  ५२ पुरुष र ९ महिला गरि ६२ जना उद्यमी र १ सय ५२ पुरुष र एक महिला गरि १ सय ५३ जनाले रोजगारी प्राप्त गरेका छन । माछापालन व्यवसायले व्यवसायीक नाफासँगै रोजगारी समेत सृजना गरेको उद्योग अधिकृत वलीले बताए ।

 

कार्यालयका अनुसार यसआर्थिक बर्ष जिल्लामा १२ वटा माछापालनका लागि फर्म दर्ता भएका छन ।  ति माछा फर्ममा पुजी एक करोड ३ लाख २९ हजार  रहेको छ भने चालु पुँजी ८९ लाख ९४ हजार रहेको उद्योग अधिकृत वलीले बताए । २ करोड ३० लाख ७० हजार ४ सय मुल्यबराबरको  उत्पादन क्षमता रहेको छ ।  २३ महिला र १४ पुरुष गरि ३७ जना उद्यमीहरु रहेका छन । जसमा २४ जनाले रोजगारी प्राप्त गरेको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ ।

 

पछिल्लो समय दाङमा व्यवसायीक माछापालन बढ्दै गएको छ । हालसम्म जिल्लाका विभिन्न स्थानमा करिव दुई सय हेक्टर जमिनमा माछापोखरी विस्तार भएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ । ‘मत्स्य उत्पादन विशेष कार्यक्रम’ अन्तर्गत मत्स्य विकास निर्देशनालय हरिहर भवन काठमाडौको सहयोग तथा जिल्ला कृषि विकास कार्यालय दाङको अनुगमन र प्राविधिक सहयोगमा  माछापोखरी विस्तार गर्ने काम भएको हो ।

 

सरकारले दाङ जिल्लालाई मत्स्य उत्पादनको विशेष क्षेत्रका रुपमा सहयोग गर्दै आएको छ । देउखुरी गढवा,राजपुर गाउपालिकाका केही क्षेत्रलाई माछाको ‘व्लक’ क्षेत्र घोषणा गरेर माछापालन गर्ने किसानहरुलाई अनुदान तथा प्राविधिक सहयोग पु¥याउदै आएको छ ।  माछापोखरी निर्माणदेखि माछाका भुर्रा ढुवानीमा सहयोग पु¥याउदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । दाङमा आर्थिक वर्ष २०६८÷०६९ सालदेखि माछापालनको व्यवसायीक सुरु गरिएको थियो ।

 

जिल्लमा व्यक्तिगत तथा सामुहिक गरेर करिव दुई हेक्टर जमिनमा सात सय बढि माछापोखरीहरु निर्माण भएका छन । गोवरडिया,गंगापुरस्पुर,सिहनिया,धर्ना,डुरुवा,तुलसीपुर,उरहरी, नारायणपुर,लमही,घोराही,सौडियारलगाएतका क्षेत्रहरुमा व्यवसायीक माछापालन हुने गरेको छ ।  जिल्ला कृषि विकास कार्यालय दाङका अनुसार दाङमा सिल्भर,ग्रास,रहु,नैनीलगायतका माछाहरु व्यवसायीहरुले पाल्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*