Home / Feature Breaking news / जुगाँको तलव मासिक अढाई सय

जुगाँको तलव मासिक अढाई सय

 

दाङ,९ जेठ । दाङका एक व्यक्ति जुगाँ पाले बाफत तलज खाने गरेका छन । उनले १२ बर्षदेखि जुगाँ पालेर पैसा कमाउदै आएका छन । सिस्ने गाउपालिका–६ रुकुमकोट रुकुम निवासी हाल घोराही उपमहानगरपालिका–१५ बस्ने कालिबहादुर बुढाथोकीले जुगाँ पालेर १२ बर्षदेखि मासिक तलव बुझदै आएका छन ।

घोराहीमा रहेको वेस्टर्न डेलभवमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई जुद्ध एण्ड पूर्ण निर्माण सेवाका सञ्चालक पूर्ण भण्डारीले मासिक दुई सय ५० रुपैयाँ प्रदान गर्दै आएका छन । ‘ म पेशाले निर्माण व्यवसायी हु,कामको सिलसिलमा बैङकमा आईरहदा कालीबहादुरले पालेको जुंगा देख्दा मलाई रमाइलो लाग्थ्यो’,भण्डारीले भने,‘नागबेली आकारको उनको काला जुंगा देखेपछि मैले खुशीले उनलाई पोत्साहन स्वरुप पैसा दिने निर्णय गरेको हु ।

junga

२०६२ सालदेखि आफुले नियमित रुपमा जुंगा पालेबाफत रकम प्राप्त गर्दै आएको बुढाथोकीले बताए । सुरु ५० रुपैयावाट मलाई पैसा दिन सुरु गर्नुभएको हो अहिले दुई सय ५० रुपैया मासिक उपलव्ध गराउदै आउनुभएको बुढाथोकीले भने । बुढाथोकी सिटायर नेपाली सेना हुन । उनले नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा कार्यरत रहदा २०५७ सालतिर पनि मासिक एक सय रुपैया जुगाँको तवल खाने गरेको थिए ।

अहिले बैङकको सुरक्षा गार्डका रुपमा रहेका बुढाथोकीलाई निर्माण व्यवसायी भण्डारीले आफु बाच्दासम्म प्रत्यक बर्ष थोरे भएपनि वृद्धि गर्दै जुगाँको लागि पैसा दिईरहने बताएका छन् । भण्डारीले बुधवार बुढाथोकीलाई बैङकमा भेटर ५ हजार रुपैया प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*