Home / Feature Breaking news / ‘ खुमबहादुर खड्काको सम्झना ’ अभिभावक खोज्दै काँग्रेस

‘ खुमबहादुर खड्काको सम्झना ’ अभिभावक खोज्दै काँग्रेस

 

दाङ, २६ चैत । काँग्रेसका नेता, सवैका अभिभावक , विकासका सारथी खुमबहादुर खड्का । खड्काको निधन भएको ११ औ दिन भैसक्यो । उनको निधनसँगै जिल्लाबासीले विकासप्रेमी नेता गुमाएको टिप्पणी हुने गरेका छन् भने जिल्लाबासीले अभिभावक गुमाएको महशुस गरेका छन् । काँग्रेसका नेता तथा कार्यकर्ताले अभिभावकको रिक्तताको महशुस गरेका छन् ।

 

गाउँदेखि ,शहरबजारमा खड्काको सम्झनामा गरिने कार्यक्रममा नेता तथा कार्यकर्ताले अभिभावको रिक्तता महशुस भएको सन्देश दिने गरेका छन् । यो रिक्तता पुर्ती असम्भव भएको समेत नेताहरुले वताउँने गरेका छन् । त्यो अभाव पुर्तीको लागि काँग्रेसमा च्यालेन्ज पनि त्यतिकै भएको कार्यकताले वताउने गरेका छन् । तर समय र परिथीतिको मागले कुनै नै कुनै नेता अभिभावक बनेर आउने पनि नेताहरुले वताउने गरेका छन् ।

दाङ काँग्रेसभित्र उनको अभावमा काँग्रेस दाङको भविष्यको चिन्ता समेत शुरु भएको छ । नेपाली काग्रेसको नेतृत्व चयनदेखि जिल्लामा हुने हरेक निर्वाचनहरुमा खड्को भूमिका निर्णाय नै थियो । नेपाली कांग्रेस दाङका लागि सर्वमान्य अभिभावक खड्काको उपस्थिति नहुदा काग्रेस नै कमजोर हुने होकी भन्ने चिन्ताको आवाज पनि त्यतिकै छ भने काग्रेस दाङलाई संगठित एव व्यवस्थीत र नेता तथा कार्यकर्ताहरुहरुलाई संरक्षण गर्न सक्ने सर्वमान्य नेताको विकल्प समेत तयार भै नसकेको समेत नेताहरुले भन्ने गरेका छन् ।

 

खडकाको निधनले काग्रेससँगै सिम्गो मुलुकलाई ठुलो नोक्सान भएको छ, । नेपाली काग्रेस दाङलाई सधै उनको अभाव हुने छ’ नेपाली काग्रेस क्षेत्र नं. ३ दाङले आइतवार घोराहीको पार्टी कार्यालयमा गरेको श्रद्धाञ्जलीसभा कार्यक्रममा जिल्ला सभापति किर्तीबहादुर खडकाले भने । प्रजातन्त्रीक आन्दोलनका योद्धा,विकासप्रेमी नेता खुमबहादुर खड्का सवैको प्रिय नेता भएको समेत उनले वताए । ‘विपक्षी देख्नेहरुलाई पनि उहाँले कहिले नराम्रो व्यवहार गर्नुभएन,सधै मित्रवत व्यवहार गर्नुभयो’, सभापति खडकाले भने ‘ उहाँको पार्टीमा सधै अभाव छ ।’

सभापति खड्काका अनुसार खुमबहादुर खड्का दाङमा नभएपनि उहाँको आदेश र निर्देशनमा पार्टी चल्ने गरेको वताए । तर अव त्यो अभाव देखा परेको समेत उनले वताए । ‘उहाँको बिपरित जान सक्ने अवस्था कसैको थिएन,तर अहिले समय बद्लिएको छ । उहाँ हुनुहुन्न अव सम्पुर्ण नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुले सोच्नुपर्ने समय आएको छ’ सभापति खडकाले भने ‘उहाँको अभावमा कसरी पार्टीलाई संगठित र मजबुत बनाउने अव सोच्ने समय आएको छ ।’

 

पूर्व सांसद राजु खनालले काग्रेस दाङमा खड्काको अभावको महसुश दिन नहुने बताए । ‘प्रजातान्त्रीक आन्दोलनलाई सफल बनाउनेदेखि दाङसहित देशभर संगठनलाई मजबुत बनाउदै कांग्रेसलाई बलिलो बनाउन स्व खड्काको महत्वपुर्ण भुमिका छ’, पूर्व सांसद खनालले भने,‘ खड्काको त्यो भुमिकालाई जीवन्त राख्दै पार्टीलाई संगठित बनाउन अव पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुले आपसी मतभेद त्यागेर उहाँको मार्गदर्शनमा हिड्न आवश्यक छ ।’

 

संगठन निर्माणमा अत्यन्त कुशल, विकासप्रेमी,नेपाली काग्रेसका कार्यकर्तालाई माया गर्ने प्रखर व्यत्विको निधनले दाङलाई मात्र नभएर सम्रग देशलाई खड्काको अभाव महसुश भएको समेत खनालले वताए । खड्काको क्षमतालाई बुझेर नै २०३३ सालमा विश्वेश्वरप्रसाद कोइरालले नेपालमा ल्याएको भन्दै खनालले दाङ काग्रेसमा खड्काको अभाव सधै खड्की रहने वताए । प्रजातान्त्रीक सेनानी लितक डागीले नेपालको प्रजातन्त्रीक आन्दोनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाङवासी जनताका लोकप्रिय नेता स्वर्गीय खड्काको मृत्युले दाङ काग्रेससहित देशभरकै काग्रेस कार्यकर्ताले नै अभावको महसुश गरेको वताए । दाङ काग्रेसको निर्माणदेखि जिल्लाको विकासमा खड्काको योगदानलाई कसैले नकार्न नसक्ने उनको भनाई थियो ।

नेपाली काग्रेस क्षेत्र नं. ३ का सभापति भुपबहादुर डागीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका सस्थापक निमकान्त दाहाल, नेपाली काग्रेसका नेता भरतबहादुर न्यौपाने, नेपाली काग्रेस दाङका पूर्व जिल्ला सचिव धुर्व ज्ञवाली, नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावत, नेपाली काग्रेस त्रिपुर इकाई सभापति दिपक पाण्डेय, मानपुर ईकाई सभापति लालबहादुर गिरी, नेपाल दलित संघ दाङका जिल्ला अध्यक्ष बाबुराम विश्वकर्मा, नेपाली काग्रेस घोराही नगर उपसभापति दिलिप डिसी, प्रजातन्त्रवादी कानून व्यवसायी संघ (डिएलए)का जिल्ला उपाध्यक्ष गोपाल भुषाल, नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष टोपमबहादुर बुढाथोकी,नेपाल दलित स्ांघ क्षेत्र नं. ३का अध्यक्ष सरद समिपलगाएतले खड्काको योगदानको बारेमा चर्चा गरेका थिए ।

 

नेपाली काग्रेस क्षेत्र नं. ३ का उपभापति भगतसिंह भण्डारीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव बद्रीकुमार खड्काले गरेका थिए । उता तुलसीपुरमा भएको शोकसभामा पनि नेताहरुले खुमबहादुर खड्काको अभाव महशुस गरेका छन् । नगर समितिले गरेको सोकसभामा काँग्रेसका पुर्व सभापति घनश्याम रेग्मीले ‘खुमबहादुर खड्काको पाथीव शरीरमात्र मरेको तर विचार नमरेको टिप्पणि गरे ।

 

‘ सवैलाई समान दृष्टिकोणले हेर्ने नेता खडकाको योगदान भुल्न सकिदैन’ –काँग्रेसका निर्वतमाण सभापति रेग्मीले भने । काँग्रेसलाई ठुलो क्षती भएको छ’ पुर्व सभापति रेग्मीले भने ‘यो क्षती राष्ट्रलाई समेत त्यतिकै छ ।’ काँग्रेसका नेता तथा पूर्व जिविस सभापति भरत केसीले खुमबहादुर खड्का एक त्यागी र प्रजातान्त्रीक आन्दोलन र विकाशका सारथी भएको बताए । उनले खुमबहादुर खड्को निधनले एक कुशल योद्धा र अभिभावक गुमाएको बताए ।

‘खुमबहादुर एक कुशल राजनितिज्ञ र हामी सवैका अभिभावक हुन, उनी निडर पनि थिए । नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति जगतबहादुर खड्काले खुमबहादुर काँग्रेसमात्र नेता नभई सवैका मनमा बसेका नेता भएको बताए । काँग्रेसका नेता जोगेन्द्र विश्वकर्माले दलित तगायत सवैका विचार र सवैलाई समेटन सक्ने खड्काको निधनले काँग्रेसलाई ठुलो क्षती भएको वताए । नगर कार्यवहाक सभापति भिमप्रसाद भण्डारीको अध्यक्षतामा भएको शोक सभामा नेपाली काँग्रेसका पूर्व जिल्ला उपसभापति जनार्दन शर्मा, नेपाल दरुण दल दाङका अध्यक्ष टिका घर्ती, महिला संघ क्षेत्र नं ३ कासभापति चित्रा गिरी, प्रजातान्त्रीक उद्योगी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक खराल, वडा नं ५ का सभापति मदन धिताललगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।

 

कार्यक्रमको सहजीकरण सचिव नोखी रावलते गरेकी थिइन् । त्यसैविच नेपाली काँग्रेस क्षेत्र नं ३ र महिला संघले सोमवार पार्टी कार्यालय तुलसीपुरमा शोक सभा गर्ने जनाएको छ । शोक सभामा उपस्थितिका लागि क्षेत्रीय सभापति जगतबहादुर खड्का, महिला संघकी अध्यक्ष चित्रा गिरीलेले विचार राखेका थिए । त्यसैगरी नेपाली काँग्रेस साविक वडा नं १७ खाद्रेले पनि खड्काको निधन प्रति शोक प्रस्ताव पारीत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*