Home / Feature Breaking news / मन्दिर संरक्षण गर्न पुननिर्माणः पोख्रेल

मन्दिर संरक्षण गर्न पुननिर्माणः पोख्रेल

घोराही उपमहानगरपालिका वडा नंं १८ अम्बापुरमा रहेको अम्विकेश्वरी मन्दिरको पुननिर्माणको काम शुरु भएको छ । स्वस्थानी ब्रतकथाका आधारमा भगवान शिवले सतिदेवीको शरिर बोकेर हिड्दा उक्त स्थानमा शतिदेवीको दाहिने कान पतन भएको धार्मिक विश्वास छ । करिव अढाई सय बर्ष पुरानो धार्मिक विशेषता बोकेका उक्त स्थानमा २०३० सालमा मन्दिर निर्माण गरिएको थियो । त्यसपूर्व त्यो स्थानमा धमिराको गोलो जस्तो आकारमा रहेको सानो माटोको मन्दिर र एक जना पुजारी बस्ने गर्दै आएका थिए । २०३० सालमा मन्दिर निर्माण भएपछि तत्कालिन बडा महारानी रत्नराज्य लक्ष्मी शाहवाट मन्दिरको उदघाटनपछि मन्दिर थप चर्चामा आएको थियो । पछिल्लो समय सोही मन्दिर जीर्णसँगै मन्दिरभित्रको भाग साघुरो भएपछि मन्दिर व्यवस्थापन समितिको पहलमा करिव ४४बर्षपछि नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभागले मन्दिरको पुननिर्माण गर्न थालेको छ । यसै सन्दर्भमा पत्रकार लिलाधर वलीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोख्रेलसँग गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ ।
तपाईलाई सातावार्तामा स्वागत छ ?
धन्यावाद हजुरलाई पनि मेरो विचार जनतासम्म राख्ने अवसर दिएकोमा ।
मन्दिर किन पुर्ननिर्माण गर्दै हुनुहुन्छ ?
अम्विकेश्वरी मन्दिर जिल्लाकै प्रशिद्ध धार्मिक स्थलका रुपमा परिचत छ । अम्विकेश्वरी धार्मिक स्थल करिव अढाई सय बर्ष पुरानो हो । शुरुमा उक्त स्थानमा धमिराको गोलो आकारको मन्दिर रहेको थियो । करिव ४४ ्र४५ बर्ष पहिले घोराहीका एक जना प्रतिष्ठीत व्यवसायी कल्लु बनिया भन्ने थिए ।

उनी आर्थिक रुपमा सम्पन्न थिए । उनको निधन भयो । उनका सन्तान थिएनन । कुनै पनि सन्तान नभएका कारण उनको सम्पति बेचेर तत्कालिन अञ्चलाधिश चन्दमान थकालीले विस २०३० सालमा अहिले भत्काईएको मन्दिर निर्माण गर्न लगाएका थिए । उक्त मन्दिर पछिल्लो समय जीर्णसँगै छाना चुने समस्या रहेको थियो । तत्कालिन समयमा हातरमा निर्माण र कमसल सामाग्रीका कारण मन्दिर निर्माण भएको थोरै समयमा जीर्ण बन्दै गएकाले जुन कुनै बेला समस्या आउन सक्ने अवस्था भएकाले अहिलेको मन्दिर व्यवस्थापन समितिले मन्दिरको संरक्षण र संर्वद्धनकालागि पुर्ननिर्माण हुन थालेको हो ।

करिव ४४ बर्षपछि पुरानो मन्दिर भत्काईएको हो । उक्त समयमा माटो,ढुङगा र इटा,काठ,सिमेन्ट,छड प्रयोग गरेर मन्दिर बनाईएको थियो तर अव छड,सिमेन्ट र धातुको प्रयोग गरिने छैन । करिव दुई बर्षभित्र २०७६ माघ मसान्तसम्म मन्दिरको पुर्ननिर्माण गरि सक्ने गरि काम सुरु भैइसकेको छ । करिव तीन करोड ६१ लख ५९ हजार सात सय १३ रुपैयाको लगानीमा पुरातत्व विभागले मन्दिरको पुननिर्माण गर्न थालेको हो । निर्धारित समयमा मन्दिर निर्माणको काम हुनेछ ।
पुननिर्माणमा हुन थालेको मन्दिर अव कस्तो हुने छ ?
मन्दिरको पुर्ननिर्माण हुन थालेको छ । मन्दिरको स्वरुप परिवर्तन हुन थालेको होइन । मन्दिर पुरानो हुदा पटक पटक मंर्मत सम्हार गर्नुबाध्यता रहेको थियो । मन्दिरलाई रंगरोगन गरेर सिगारे पनि चुहिने छानोका कारण जीर्ण बन्दै गएको थियो । त्यही कारण अम्विकेश्वरी मन्दिर जुन सुकै बेला समस्या आउन सक्ने मध्यनजर गरेर मन्दिर व्यवस्थापन समितिको पहलमा पुरातत्व विभागले मन्दिरको पुन निर्माण गर्न थालेको हो ।

पुर्ननिर्माणवाट मन्दिर नयाँ र आकर्षक बन्ने छ । पहिले जस्तो इटा, छड, माटो, सिमेन्ट, गुट्टी, काठलगायतका बस्तुवाट मन्दिर बनेको थियो भने अव सिमेन्ट,गिट्टी,छडलगायतका सामाग्रीहरु प्रयोग गरिने छैन । अव ढुङगा,चुना,सुर्की,काठवाट मन्दिर बन्ने र मन्दिरको छाना तामाको हुने छ । मन्दिरको छानामा सुनको गजुर रहने छ । मन्दिर उहि पुरानो प्यागोडा शैलीमै बन्ने छ ।
नयाँ पुननिर्माण हुन थालेको मन्दिरमा प्रयोग गरिने सामाग्रीहरु कहाँवाट ल्याउने गर्नुु भएको छ र कालीगडहरु पनि ?
पोख्रेल.मन्दिर पुननिर्माणमा स्थानिय ढुङगा,इटाको धुलो (सुर्की),चुनालगायतका सामाग्रीहरुको नै प्रयोग हुने छ । मन्दिर निर्माणकालागि भक्तपुरवाट दश जनाको समुह रहेको छ ।

उक्त टोलीका केही सदस्य एक पटक आएर मन्दिरको बस्तुस्थीति अध्यन गरेर फर्किसकेका छन । अवको केही दिनमा मन्दिर निर्माण गर्ने प्राकृतिक ्रसानु सुवाल ्रपवन जेभी कन्ट्रक्सनको हो । उक्त टोली नेपालका विभिन्न स्थानमा प्यागोडा शैलीका मन्दिरहरु निर्माण गर्दै आएको छ । मन्दिरमा प्रयोग हुने टुडाल,भmयाल,ढोकालगायतमा काठमा कुदिएका कलात्मक मुक्तिहरु राखिने छ ।

kumudd
अम्विकेश्वरी धार्मिक स्थल जिल्लाकै प्रशिद्ध धार्मिक स्थल हो,मन्दिरमा दिनहु पुजापाठ हुने गर्छ धेरै श्रद्धालुभक्तजनहरु मन्दिरमा पुजा गर्न आउने गरेका छन् । उनीहरुको लागि अहिले पुजा गर्ने कसरी व्यवस्था मिलाउनुभएको छ ?
पोख्रेल. अहिलेको मन्दिरको पुर्ननिर्माण गर्दा पुरानो मन्दिर भत्काउनु परेको छ । जसले गर्दा पूजापाठमा केही समस्या नहोस भनेर हामीहरुले पूजापाठको लागि छुट्टै मन्दिर निर्माण सहज व्यवस्था गरेका छौँ । पहिलेको मुल मन्दिरदेखि उत्तर पुर्वमा मन्दिर निर्माण गरेर मन्दिर आउने भक्तजनहरुलाई पूजा गर्ने व्यवस्था गरेका छौँ ।

ठुलो मन्दिरमा पुजा गर्दा र अहिलेको स्थानमा पुजा गर्दा केही असहजता छ । अम्विेश्वकरी मन्दिरको मुख्य विशेषता भनेको सत्ययुगमा भगवान शिवले सत्यदेवीको मृत शरिर बोकेर डुलाउदा दाहिने कान खसेको विश्वास छ । धार्मिक विश्वासका कारण मन्दिरमा गर्भ (पूजा गर्ने मुख्य स्थान) रहेको छ ।

त्यो सार्न नमिल्ने भएकाले पहिलेकै स्थानमा तामाका पाताले सुरक्षित गरेर राखिएको छ । त्यहाँ नी पुजा गर्न सकिन्छ । यसैका साथै मन्दिरका प्राङगनमा अन्य धेरै मन्दिरहरु समेत रहेका छन । त्यही ठाउँमा पुजापाठ दैनिकी रुपमा भैरहेको छ । प्राचिनकालदेखि राजादेखि मन्त्रीहरुसम्म पुजापाठ गर्न आउने गर्दै आएका छन । देवीको मन्दीर भएकाले दशैमा विशेष पुजा हुने गर्दछ ।
अम्विकेश्वरी मन्दिरको विकास गर्न कुनै छुट्टै योजना तँ बनाउनु भएको छैन ?
म मन्दिर व्यवस्थापन समितिको उपाध्यक्षमा पाँच बर्ष काम गरेर अहिले अध्यक्षमा आएको करिव दुई बर्ष भएको छ । यस विचमा मन्दिरको विकासससँगै प्रचार प्रचार गर्ने काम गरेको छु । अघिपछिका दिनहरुमा मन्दिरमा भिडभाड नहुने गरेपनि विशेष दिन दशैमा उल्लेख्य दर्शकहरुको उपस्थीति रहन्छ ।

त्यो समयमा मन्दिरमा दर्शकहरुको भीडभाड हुने गरेकाले मन्दिर परिसर विस्तारदेखि मन्दिरको सुरक्षाको लागि सुरक्षाकर्मी राख्ने व्यवस्था गरेका छौँ । त्यो पनि समितिको तर्फवाट । अव टाढा–टाढावाट आउने भक्तजनहरुको सुविधाको लागि मन्दिरमा सुविधासम्म धर्मशालाको निर्माण हुन आवश्यक छ ।

समितिको ध्यान उक्त धर्मशाला कसरी बनाउने भन्नेमा छ । यसँगै ट्राफिकचोक पुलहुदै मन्दिर पुग्ने बाटो मात्र रहेको छ अहिले । मन्दिरको पश्चिमीगेटवाट पनि बाटो निर्माण गर्न सके विशेष चाड पर्वको समयमा सवारी चापलाई कमी गर्न सकिन्छ । निकट भविष्यमा त्यसतर्फ पनि समितिको ध्यान दिने छ ।

त्यसँगै गतबर्षसम्म मन्दिर घोराही उपमहानगरपालिकाको मातहतमा रहने गरेको भएपछि पछिल्लो समय अम्विकेश्वरी मन्दिर व्यवस्थापन समिति (ट्रष्ट)को नाममा स्वतन्त्र भएको कतैवाट बजेट प्राप्त भए सुविधा सम्पन्न धर्मशाला निर्माण गर्ने योजना बनाएका छौँ ।
अन्त्यमा केही भन्नु छु ?
धेरै कुरा भनि सकेको छु । अम्विकेश्वरी मन्दिर दाङवासीहरुको मात्र नभएर सम्पुर्ण हिन्दुधर्मलाम्वीहरुको पवित्र धार्मिक स्थल हो । यो पर्यटकिय स्थल पनि हो । यहाँ देवीको सक्तिको कारण भक्तजनहरुले पवित्रा मन,बचन र कर्मले पुजापाठ गरे आफुले इच्छाएको प्राप्त गर्ने जनविश्वास रहेको छ ।

त्यही विश्वासका कारण मन्दिरमा पुजा गर्न धेरै पहिलेदेखि सर्वसाधारण जनता,राजा,मन्त्रीलगायतका आउने गर्दछन । अहिले मन्दिर जीर्णसँगै साघुरो समेत बन्न पुगेकाले अहिले मन्दिरको पुर्ननिर्माण हुन थालेको हो । करिव दुई बर्षमा मन्दिर निर्माण भएपछि पुन सहजताका साथ पुजापाठ हुने छ । समग्रमा सवैको सहयोगवाट मन्दिरको विकास गर्न सकिन्छ । त्यसकारण मन्दिरको विकास र संरक्षणको लागि सवै क्षेत्रको सहयोग आवश्यक छ । अन्त्यमा फेरि यो विचार राख्ने अवसर दिएकामा हजुरलाई विशेष धन्यावाद दिन चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*