Home / Feature Breaking news / नेपाल पुलिस र त्रिभुवन आर्मी फाईनलमा

नेपाल पुलिस र त्रिभुवन आर्मी फाईनलमा

दाङ, ४ माघ
परिषद् कप २८ औँ राष्ट्रिय च्याम्पियनशिप पुरुष फुटवल प्रतियोगिता २०७४ अन्तरगत नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब फाईनलमा प्रवेश गरेका छन् ।

मंगलवारदेखी दाङमा सुरु भएको प्रतियोगिताको विहीवारको सेफिफाईनलमा सुदुरपश्चीमलाई त्रिभुवन आर्मी क्लबले १ का विरुद्ध २ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

घोराहीको भरतपुर खेल मैदानमा भएको प्रतियोगितामा पलिहो हाफको २० औँ मिनेटमा सुदुरपश्चीमाञ्चलका जर्सी नम्बर १७ का मनिराम पुनले गोल गदैृ आफ्नो टिमलाई अग्रता दिएका थिए ।

पहिलो हाफसम्म गोल गर्न नसेकेको आर्मीले दोस्रो हाफको ३ मिनेटमा लगातार २ गोल गर्दै विजयी भएको हो । आर्मीको तर्फबाट दोस्रो हाफको २४ र्औ मिनेटमा ८ नम्बरका खेलाडी अरिक विष्टले गोल गर्दै बराबरी गरेका थिए ।

त्यसको ३ मिनेट पछि आर्मीकै ९ नम्बर खेलाडी राजिव गुरुङले गोल गर्दै आफ्नो टिमलाई विजयी बनाएका थिए ।

विहीवार नै तुलसीपुरको अरनिको मैदानमा भएको खेलमा एपीएफलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै नेपाल पुलिस क्लबले विजयी भएको छ ।

नेपाल पुलिसको तर्फबाट सन्तोष हेमरोनले पहिलो हाफको ८ औँ मिनेटमा र सुमन लामाले दोस्रो हाफको ४३ र्औँ मिनेटमा एक÷एक गोल गरेका थिए भने एपीएफका दिपक खड्काले १६ औँ मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिताको फाईनलमा माघ ६ गते शनिवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजेताकालागि प्रतिस्पर्धा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*