Home / खेलकुद / फुटबल संघ दाङमा नयाँ नेतृत्वः अध्यक्षमा श्रेष्ठ र महासचिवमा पुन

फुटबल संघ दाङमा नयाँ नेतृत्वः अध्यक्षमा श्रेष्ठ र महासचिवमा पुन

लक्ष्मण बस्नेत
तुलसीपुर, २२ पुस ।
दाङ जिल्ला फुटबल संघको चौथो अधिवेशन आज सनिबार तुलसीपुरमा सम्पन्न भएको छ । अधिवेशनले सुशिल श्रेष्ठको अध्यक्षतामा संघको चार वर्षे कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतीले चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा भानुविक्रम राणा, उपाध्यक्षमा ईन्द्र बहादुर पुन, उपाध्यक्ष वुद्धिराम पुन, महाँसचिव नरेन्द्र पुन, कोषाध्यक्ष सन्देश श्रेष्ठ रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा लक्ष्मण बस्नेत, सुरज वली, अनिल कुमार बस्नेत, चन्द्रविर वली, गोपाल श्रेष्ठ, वसन्त पुरी, भिम बहादुर चौधरी, प्रकास श्रेष्ठ र महिला सदस्यमा भावना कुमारी राजभण्डारी रहनु भएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष भानुविक्रम राणाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको प्रमुुुुख आतिथ्य एंव दाङ जिल्ला प्रहरी प्रमुख दुर्गा सिह र अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य प्रदेश सिहं राठोरको विशिष्ठ आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले जिल्लाको खेलकुदको विकासका लागी आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले दाङ खेलकुदको उर्वरभुमी भएको भन्दै राष्ट्रको शान र गौरवलाई उच्च राख्ने गरी खेलाडी उत्पादन गर्न तर्फ लाग्न पनि संघलाई आग्रह गर्नु भयो । साथै उहाँले खेलकुद राष्ट्र विकासको मेरुदण्ड भएको भन्दै व्यवसायीक रुपमा विकास गर्न सुझाव समेत दिनु भयो ।

संघका उपाध्यक्ष प्रेमप्रकास मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी गजेन्द्र बहादुर श्रेष्ठ, विशिष्ठ अतिथी दुर्गा सिह, प्रदेश सिंह राठोर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगी, नेपाल पत्रकार महाँसंघ दाङका अध्यक्ष सविन प्रीयासन, तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा सदस्य सावित्रा गुरुङ,निवार्चन समितिका सयोजक अधिवक्ता रामशरण चौधरी, रिपोर्टर्स क्लब नेपाल दाङका सचिब विमल गौतम, तुलसीपुर खानेपानीका सचिव मनोज लामिछाने, निर्वाचन समितिका सदस्य सुमन घले, पुर्व राष्ट्रिय खेलाडी गणेशप्रेम श्रेष्ठ, नरेन्द्र पुन लगाएतकाले बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*