Home / समाचार / भोली घोराहीमा कांग्रेसको वृहत घरदैलो हुने

भोली घोराहीमा कांग्रेसको वृहत घरदैलो हुने

घोराही, १७ मंसीर
निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले वृहत घरदैलो गर्ने भएको छ । क्षेत्रीय प्रचार समितिको आयोजनामा सोमवार घरदैलो हुने भएको हो । घोराही उपमहानगरपालिकाको वडा नम्बर १४ र १५ मा घरदैलो हुने प्रचार समितिका संयोजक भुपबहादुर डाँगीले जानकारी दिनुभयो । निर्वाचनको प्रचारप्रसार कार्यक्रम अन्तरगत सोमवार वृहत जनसहभागितामा घोराही बजारमा घरदैलो हुने उहाँले बताउनुभयो ।

यसैबीच क्षेत्रीय सभापति एवं प्रचारप्रसार समितिका संयोजक भुपबहादुर डाँगी, साविक क्षेत्र नम्बर २ का सभापति एंव प्रचारप्रसार समितिका सहसंयोजक गिरिराज सुवेदीले आज आईतवार एक विज्ञप्ली निकालेर भोली सोमवार घोराहीमा हुने घरदैलोमा सहभागी हुनकालागि सम्पूर्णमा अनुरोध गरेको छ । विहान ११ बजे पार्टि कार्यालयबाट घरदैलो सुरु गर्ने बताईएको छ ।

विज्ञप्तीमा घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १५ का विभिन्न स्थानमा घरदैलो गरिने उल्लेख गरिएको छ । साथै विज्ञप्ती मार्फत लोकतन्त्र, शान्ति र समृद्धिको पक्षमा रहेका सम्पूर्णमा उपस्थितिकमालागि कांग्रेसले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*