Home / समाचार / शान्ति निकेतनका विद्यार्थीद्वारा मृगौला पीडितलाई सहयोग

शान्ति निकेतनका विद्यार्थीद्वारा मृगौला पीडितलाई सहयोग

घोराही,२४कार्तिक

शान्ति निकेतन विद्यालय घोराही दाङमा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च कटाएर मृगौला पीडितलाई सहयोग गरेका छन् । घोराही–१५ का मृगौला पीडित अरुण खनालको उपचारका लागि शुक्रबारको खाजा खर्च कटाएर ३ हजार ५ सय ३१ रुपैया सहयोग गरेको विद्यालयका क्याप्टेन साजना थारु कुमालले जानकारी दिनुभयो ।
विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलको सक्रियतामा संकलन गरिएको रकम रेडक्रस सर्कलका अध्यक्ष अजित बस्नेतले मृगौला पीडित अरुण खनाललाई सहयोग गर्न पाउँदा खुसी लागको जानकारी दिनुभयो ।

विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थी र शिक्षकहरुको एक दिनको खाजा खर्चबाफत उक्त रकम जम्मा गरिएको रेडक्रस सर्कलका सचिव ममता बस्नेतले जानकारी दिनुभयो । यसपूर्व पनि आफूहरुले यस प्रकारका कार्यक्रम गर्दै आएको भन्दै सचिव बस्नेतले आगामी दिनमा पनि रेडक्रस सर्कलले मानवहीतका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।
यसैबीच शुक्रबार संकलित रकम हस्तान्तरण गरिएको छ । विद्यालयका प्रिन्सिपल खगेश्वर पोडेल र शान्ति निकेतन विद्यालय जुनियर रेडक्रस सर्कलका शिक्षक नायक विष्णुप्रसाद अधिकारीले उक्त रकम मृगौलापीडित अरुण खनालको सहयोग संकलन अभियानका सदस्य विवेक रेग्मी, उत्सव खनाल र विनायक डिसीलाई हस्तान्तरण गर्नुभएको थियो ।

घोराही १५ का हेमलाल खनालका छोरा अरुण खनाल विगत ८ महिनादेखि मानव अंग प्रत्यारोपण केन्द्र काठमाडौंमा उपचाररत हुनुहुन्छ । उहाँका दुवै मृगौलाले काम गर्न छाडेपछि परिवारले उपचारका लागि सहयोगको अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*