Home / समाचार / माओवादी उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोल बरामद

माओवादी उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोल बरामद

गोरखा,२१ कार्तिक

 गोरखाबाट प्रतिनिधिसभाको लागि समानुपातिकको सूचीमा परेकी माओवादी केन्द्रकी उम्मेदवार शुसिला सिम्खडा चढेको मोटरसाईकलबाट प्रहरीले पेस्तोल सहित ३ राउण्ड गोली बरामद गरेको छ ।

भिमसेन गाउँपालिका ३ धावामा सवारी जाँच गर्दा बा ७३ प ३३८६ नम्बरको मोटरसाईलमा नाईन एमएम पेस्तोल र तीन थान गोली भेटिएको प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताउनुभयो । मोटरसाईकल चालक भिमसेन ४ का गुणप्रसाद खनाल फरार रहेको उहाँले बताउनुभयो ।

काठमाडौंबाट हतियार सहित उम्मेदवार बोकेर युवक आएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उम्मेदवार सिम्खडासँग पनि सोधपुक्ष भइरहेको एसपी अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*