Home / Feature Breaking news / दाङको हरेक विकास कांग्रेसको नेतृत्वमा भएको छः खनाल

दाङको हरेक विकास कांग्रेसको नेतृत्वमा भएको छः खनाल

दाङ, १८ कार्तिक
दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले दाङमा भएका हरेक विकास नेपाली कांग्रेसको नेतृत्वमा भएको बताउनुभएको छ ।

जिल्लामा आवश्यक हरेक क्षेत्रको विकासमा नेपाली कांग्रसको महत्वपूर्ण हात भएको बताउनुभयो । मानव जिवनकालागि आवश्यक स्वास्थ्य, सडक, सिचाई, खानेपानी, सुरक्षा, शिक्षा लगायतका हरे क्षेत्रको विकासमा कांग्रेसले नेतृत्व गरेको खनालको भनाई छ ।

नेपाली कांग्रेस त्रिपुर नगर समितिले आज नारायणपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनेदेखी गाँउगाँउमा सडक सञ्जाल पु¥याउने काम कांग्रेसको पालामा कांग्रेसकै नेतृत्वमा भएको बताउनुभयो ।

निवर्तमान सांसद खनालले कांग्रेसले स्थाई विकास गरेर दाङलाई समृद्ध बनाउने अभियानमा रहेको जानकार िदिनुभयो ।

कांग्रेसको नेतृत्वमा संविधान जारी भएकाले संविधान कार्यान्वयनकालागि कांग्रेसकै आवश्यकता भएकाले यस पटक कांग्रेसलाई विजयी बनाउन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गर्नुभयो ।

त्रिपुर नगर सभापति दिपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला निवर्तमान सभापति विरकेशरी गौतम, क्षेत्रीय सभापति भुपबहादुर डाँगी लगायतले भनाई राख्नुभएको थियो ।

त्यस अवसरमा नगर सभापति दिपक पाण्डे संयोजक रहेको निर्वाचनकालागि त्रिपुर नगर स्तरिय प्रचारप्रसार समिति गठन गरिएको छ ।

यस समितिले हरेक वडा र टोलमा प्रचार समिति गठन गर्ने छ । कार्यक्रमको सहजिकरण क्षेत्रीय प्रतिनीधी घना डिसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*