Home / Feature Breaking news / कांग्रेसलाई भोट दिएर जिल्लाबासीले मतको सदुपयोग गर्नुहुन्छः खनाल

कांग्रेसलाई भोट दिएर जिल्लाबासीले मतको सदुपयोग गर्नुहुन्छः खनाल

दाङ, १७ कार्तिक

दाङको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले यसपटकको निर्वाचनमा मतदाताहरुले मतको सदुपयोग गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनीधी सभा सदस्यको उमेद्वार बन्नुभएका खनालले दुःख सुःखमा साथ दिने व्यक्ती चिनेर मत दिई आफ्नो मतको सदुपयोग मतदाताहरुले गर्ने उहाँले बताउनुभयो ।

कांग्रेसले दाङमा निर्वाचनको समयमा गरेका प्रतिवद्धता पुरा गरेको बताउदै उहाँले अब स्थानीय व्यक्ती, दुख सुखमा साथ दिने व्यक्ती एवं जिल्लाको विकास गर्न सक्ने व्यक्तीलाई छानेर नेपाली कांग्रेसलाई जिल्लाबासी मतदाताहरुले मतको सदुपयोग गर्ने दाबी गर्नुभयो ।

खनालले आफुहरु अघिल्लो निर्वाचन अर्थात २०७० सालको संविधान सभा निर्वाचनमा जनता माझ गरेको वाचा पुरा गरेको जानकारी गराउनुभयो ।

मिडिया मञ्च नेपालले घोराहीमा शुक्रवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै खनालले २०७० सालको संविधान सभाको निर्वाचनमा आँफूहरुले जनतालाई संविधान दिने वाचा गरेको अहिले त्यो वाचा पुरा गरेको बताउनुभयो ।

संविधानमा रहेका अधिकार पुरा गराउने दायित्व पनि कांग्रेसको भएको खनालको भनाई छ । ‘संविधानमा लेखेर मात्र हुदैन त्यसलाई कार्यान्वयन पनि गर्नु पर्दछ, त्यसकालागि कांग्रेसको नेतृत्व आवश्यक छ’ खनालले भन्नुभयो । यसपटकको निर्वाचनमा पनि मतदाताहरुले कांग्रेसलाई नेतृत्व गर्ने अवसर दिने बताउनुभयो ।

खनालले नेपाली काग्रेसले कहिले पनि विकासको काम लाई चुनावी नारा नबनाउने बताउनुभयो । उनले भने– ‘हामीले गरेका विकासी कामलाई कहिल्य भजाउदैनउ, हामी स्थाई विकासलाई प्राथमीकता दिन्छौ ।’

काग्रेसले केही दिनकालागि नभइ दिर्घकालीन विकासका योजना ल्याउने गरेको बताउनुभयो । आँफू सांसद भए देखि जिल्लामा धेरै विकासका योजना ल्याएको समेत उहाँले दाबी गर्नुभयो ।

मिडिया मञ्च नेपाल दाङका अध्यक्ष आजाद खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सदस्य गिरिराज नेपालीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*