Home / Feature Breaking news / उपलब्धीमूलक छैन सरसफाई अभियान, तुलसीपुर चोक फोहोरै फोहोर

उपलब्धीमूलक छैन सरसफाई अभियान, तुलसीपुर चोक फोहोरै फोहोर

दाङ, १६ असोज
जिल्लाको शदरमुकाम घोराही । घोराहीको मुख्य चोक तुलसीपुर चोक । जुन चोक घोराहीको मुटुको रुपमा लिईन्छ । शहरको अर्थात दाङको पहिचान दिने मुख्य स्थानमा फोहोरको दुर्दशा ।

घोराही उपमहानगरपालिकाले सफा स्वच्छ शहर बनाउने भन्दै पाँक्षीक रुपमा सरसफाईको गर्छ । औपचारिकतामा सिमीत उपमहानगरपालिकाको सरसफाई अभियानले कुनै उपलब्धी भने लिन नसकेको सर्वसाधारणहरु बताउछन् ।

निश्चीत स्थानमा १५ दिनमा एक पटक औपचारिकतामा सरसफाई गर्ने गरिने भएपनि त्यसले उपलब्धी भने दिन सकेको छैन ।

तस्वीरमा भएको फोहोर घोराहीको तुलसीपुर चोकको हो । तस्वीरमा नै स्पष्ट हुन्छ । पूर्ण सरसफाई कार्यक्रमको अवधारणमा भनिएको छ कि फोहोरलाई आगो लगाउनुहुदैन । आगो लगाउदा वायु प्रदुषण हुन्छ ।

तर तुलसीपुर चोकमा दिनहुँ फोहोर आगो लगाईन्छ । फोहोर जलाउने मात्र होईन यहाँ शीसाजन्य वस्तुहरु पनि आगोमा हालिएको छ । जसले गर्दा बजारलाई नै ‘कुरुप’ को संज्ञा यो चोकले दिएको छ । फोहोरलाई जलाईएको फोहोर (खरानी) मा सीसाहरु स्पष्ट देख्न सकिन्छ ।

फोहोर जलाउने स्थान प्रहरी बिट कै छेउमा छ । चोकका चारै दिशातर्फ प्लाष्टिकका टुक्राहरु छरपष्ट देखिन्छन् । विशेष गरि सुर्तिजन्य पदार्थका खोलहरु यहाँ फोहोरको रुपमा देखिने गरेका छन् ।

शुद्ध प्लस, भोला, गुट्का, सुर्ति जस्ता वस्तुका खोलहरु छरपष्ट रुपमा देखिन्छन् । ‘उपमहानगरपालिकाले फोहोर दैनिकजसो उठाउछ तर चोककै फोहोर देख्दैन’ चोकमा भेटिएक एक व्यक्तीले भने–‘सरसफाई पनि गरिरहन्छ तर त्यो सरसफाई कार्यक्रम औपचारिकता निभाउनकालागि मात्र हुन्छ, मान्छेलाई सचेत बनाउन आवश्यक छ ।’

प्रहरी बिट नजिकै रहेको फोहोरको विषयमा गुनासो चोकमा सुनिन थालेपछि डिउटीमा रहेका एक प्रहरीले उपमहानगरपालिकाले चोकका विभिन्न स्थानमा फोहोर फाल्नकालागि डस्वीनको व्यवस्था नगरेका कारण फोहोर छरपस्ट देखिने गरेको बताए ।

तुलसीपुर चोक त एक उदाहरणमात्र हो । सरसफाई अभियान चल्नु राम्रो कुरो भएपनि यो प्रभावकारी हुन नसकेको बजारबासीहरुले बताउछन् ।

सरसफाई अभियान भन्दा पनि आनीबानी परिवर्तन सहितको सरसफाई अभियानलाई सचेतनाको रुपमा लैजानुपर्ने सरसफाई अभियानका अभियान्ताहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*