Home / समाचार / पिडित व्यवसायीलाई दाङ उवासंघको सहयोग

पिडित व्यवसायीलाई दाङ उवासंघको सहयोग

घोराही, १३ कार्तिक
कार्तिक ३ गते राति पसलमा भएको आगलागीबाट पिडित व्यवसायीलाई आर्थक सहयोग गरेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले आज सोमवार एक कार्यक्रमको आयोजना गरि पिडित व्यवसायीलाई सहयोग गरेको हो ।

शहिदगेट नजीकै रहेका डिजी होम इलेक्ट्रीकल्समा आगलागी हुदा सम्पूर्ण सामान जलेर नष्ट भएपछि पिडित व्यवसायी कुलराज चौधरीलाई उद्योग वाणिज्य संघले व्यवसाय सुरक्षा कोषबाट ५१ हजार रुपैया सहयोग गरेको छ ।

संघका अध्यक्ष नारायनप्रसाद भुसालको अध्यक्षता एवं केन्द्रिय सदस्य धुव्रराज श्रेष्ठ(भारी)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पिडित कुलराज चौधरीलाई ५१ हजार रुपैयाको चेक प्रसाद गरिएको थियो ।

कार्यक्रमको सहजीकरण संघका महासचिव नरेश कार्कीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*