Home / Feature Breaking news / चिकित्सा शिक्षा अध्यादेश पास

चिकित्सा शिक्षा अध्यादेश पास

काठमाडौं  ६ कातिक

सरकारले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ । अध्यादेशलाई राष्ट्रपतिले जारी गर्न भने बाँकी नै छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश पास गरेको हो । संसदबाट विधेयक पास नभएपछि सरकारले डा. गोविन्द केसीसँग अध्यादेश ल्याउने सहमति गरेको थियो ।

अध्यादेशमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिइने उल्लेख छ । यस्तै एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्वन्धन दिन सक्ने अध्यादेशमा उल्लेख छ ।

यससँगै मनमोहन, काठमाडौं नेशनललगायतका मेडिकल कलेजले सम्बन्धन पाउने बाटो बन्द भएको छ ।

अध्यादेश नयाँ संसदको बैठक बसेको ६० दिनभित्र पास हुनु पर्ने संवैधानिक व्यवस्था छ । यदि पास हुन सकेन भने स्वत खारेज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*