Home / खेलकुद / क्रिकेट प्रतियोगिताका लागि सहयोग जुट्दै

क्रिकेट प्रतियोगिताका लागि सहयोग जुट्दै

दाङ, २५ भदौ
आगामी असोज २१ गते देखी दाङमा हुन लागेको दंगाली टी ट्वाण्टी कप क्लव स्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि आर्थिक सहयोग संकलन जुट्ने क्रम जारी रहेको छ । अहिले सम्म १० हजार देखी एक लाख १० हजार रुपैयाँ सम्म व्यक्तिगत आर्थिक संकलन भएको क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँले जानकारी दिनुभएको छ ।

यसैक्रममा प्रतियोगिताका लागि काठमाडौं निवासी उपेन्द्र भट्टराईले १० हाजार सहयोग गर्नु भएको छ । नेपाल क्रिकेट संघका पुर्ब उपाध्यक्ष समेत रहनुभएका भटराईले संघका अध्यक्ष मजगैयाँलाई १० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।

अहिले सम्म घोराहीका रमेश केसीले खेललाई प्रायोजना गर्दै एक लाख १० हजार सहयोग गर्नुभएको छ । त्यसैगरी, सिसा नेपाल द्धारा ५० हजार, फ्रेण्डस सुपरमार्केट द्धारा २५ हजार र घोराहीका लिलाधर पाण्डेले छोराको जन्मदिनका अबसरमा १० हजार सहयोग गर्नुभएको संघका उपाध्यक्ष अशोक रोकाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*